सन्दिपको बलिङको अघि मलेसिया निरिह बन्दा नेपालको सानदार जित

खेलकुद
शेयर गर्नु होला

 

काठमान्डौ

सन्दीप लामिछाने र कप्तान पारस खड्काको उत्कृष्ट प्रदर्शनसँगै नेपालले टी २० विश्वकप एसिया छनोट बीमा मलेसियामाथि ८ विकेटको जित हात पारेको छ । प्रतियोगितामा नेपालको यो दोस्रो जित हो ।

आज भएको खेलमा नेपालले मलेसियालाई ८ विकेटले पराजित गर्दै नेपालले विजयी यात्रा जारी राखेको हो । पहिलो खेलमा म्यानमारलाई ८ विकेटले हराएको नेपालले आज पनि मलेसियालाई सुरुवात देखि नै दबावमा राख्न सफल भयो ।

मलेसियाको बायुमास ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया १९ ओभर तीन बलमा एक सय रनमा अलअाउट भयो ।

जवाफमा नेपालले १२ ओभर चार बलमा दुई विकेट गुमाउदै लक्ष्य पुरा गर्यो । सुरुवात राम्रो गर्न नसकेको नेपालले मात्र चार रन हुदा ओपनर अनिल शाह मात्र एक रनमा अौट भए । त्यसपछि विनोद भण्डारी १२ रनमा अाउट भएपछि नेपालले ३२ रनमा दोस्रो विकेट गुमायो ।

मलेसियालाई सस्तैमा समेट्ने क्रममा सन्दीपले ५ विकेट लिए । ४ ओभर बलिङ गरेका उनले २० रन खर्चिएका थिए । सोमपाल कामीले तीन र पारस खड्काले १ विकेट लिए ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *