श्री गणेश , ऋद्धि सिद्धि र शुभ लाभ

धर्म दर्शन
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

 

भगवान गणेश संग ऋद्धि सिद्धि र शुभ लाभ को के सम्बन्ध छ ? के तपाईलाइ यसको बारेमा थाह छ !

हिन्दु धर्म का सबै भन्दा महत्वोपुर्ण भगवान का रुप मा श्री गणेश लाई मानिन्छ त्यहि भएर हरेक पुजा पाठ सुरु हुनु भन्दा पहिला गणेश भगवान को पुजा गरीन्छ।भगवान शिव र माता पार्बति का छोरा श्री गणेश का बारेमा मा शस्त्र र पौराण हरु मा धेरै गाथाहरु उल्लेख छन, त्यहि मध्य को एउटा हो उन्को बिबाह को कुरा, जुन एक्दमै रोचक रहेको छ।

बिषेश कुरा के भने भगवान गणेश को टाउको हात्तिको थियो र  शरिर मानब को। पुराण का अनुशार एकचोटि जब उनको भगवान परशुराम संग बिबाद भएको थियो, त्यति खेर उन्को र पर्शुराम का बिच युद्ध हुदा गणेश को एउटा दांत टुटेको थियो त्यहि भएर भगवान गणेश लाई एकदंत पनी भनिन्छ। इनै दुईटै कारण हरु ले गर्दा कुनै पनी देव कन्या हरु भगवान गणेश संग विवाह गर्न चाहदैनन थीईन। यही कुरा लाई लीएर भगवान गणेश् जहिले पनी दुखी र रिसाई रहेका हुन्थे। र अनौठो कुरा के छ भने जब कुनै अरु देबता हरु को बिबाह हुन्थ्यो त्येति बेला भगवान गणेश् उनि हरु लाई दुख: पुगाउने कोशिश गर्दथे।

हामी सबै लाई थाहा छ गणेश् भगवान का बाहन मुशा थीए। बाहन का साथै मुशा भगवान का साथी पनि पनी थीए। भगवान गणेश संग मिलेर मुशा अरु कसैको बिबाह मा गइ सामाग्री हरु लाई कति उक्त बिबाह मा बाधा पुगाउदथे। उक्त कुराले गर्दा  सबै जना देबता हरु रिसाएका थीए र हैरान थीए।सबै देवता हरु हैरान भएर शिवजी का गए। शिव-पार्वती ले सलाह दिनु भयो की उक्त समस्या को समाधान का लागी ब्रह्माजी का जानुहोस भनेर।

जब सबै देवता हरु ब्रह्मा जी का पुगे त्यति खेर उनी आफ्नो ध्यान मा ब्यस्त थीए। तर केही छिन पछी योगबल बाट दुईटि कन्या हरु प्रकट भैइन जस्को नाम ब्रह्माजी ले ऋद्धि र सिद्धि राखे। दुबै पुत्री हरुलाई लीएर ब्रह्माजी गणेशजी का पुगे र उनी हरुलाई शिक्षा दीन भने। गणेशजी तयार हुनु भयो। जब जब मुशा गणेशजी का लागी कसैको विवाह को सूचना ल्याउदथ्यो ऋद्धि र सिद्धि भगवान गणेश को ध्यान बिथोल्न का लागी कुनै न कुनै प्रसंग छेड़ थीईन।

यस प्रकार सबै देबता हरु को विवाह बिना बाधा हुन थाल्यो। एक दिन मुशा अाएर गणेश् भगवान लाई देवता हरुको विवाह को बारेमा सुचना दिन थाल्यो र लगत्तै भगवान ले सबै कुरा को जानकारी पाउनु भयो।

गणेशजी क्रोधित हुनु भन्दा पहिला नै ब्रह्माजी उनको नजिका ऋद्धि-सिद्धि लाई लीएर प्रकट हुनु भयो। वाहा ले भन्नु भयो, तपाई आफै ले मेरो छोरी हरुलाई शिक्षा दीनु भयो। मैले अाफ्ना छोरी हरुका लागी कुनै योग्य वर भेटाएको छैन, तपाई नै मेरो छोरी हरु सिता बिबाह गर्नुहोस।

यस प्रकार ऋद्धि र सिद्धि संग भगवान गणेशजी को विवाह भयो र पछि ऋद्धि र सिद्धि बाट नै गणेश् भगवान का दुईटा छोरा हरु को जन्म भएको थियो जस्को नाम शुभ र लाभ थियो।

त्यहि भएर हामि सबै ले देख्ने गर्छौ कुनै पुजा या पाठ हुद कलश मा शुभ र लाभ लेखीएको हुन्च, ऋद्धि र सिद्धि हुन्छ र मुख्य कुरा हरेक् पुजा को थालनि गणेश भगवान को पुजा बाट मात्र सुरु हुन्छ। जय श्री गणेश ।।।


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *