चाडबाडका बेला जुवा ले ज्यान लियो

फोटो फिचर समाचार
शेयर गर्नु होला

राजधानी

काठमाडौंको मुलपानीमा गएराति प्रहरीले जुवाडेमाथि चलाएको अपरेशनका क्रममा भागदौड हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सरोज घले र सानुलाल तामाङ छन् ।
काठमाडौंको मुलपानीमा रहेको एक जुवा घरमा गएराति प्रहरीले छापा मारेको हो । प्रहरीले छापा मार्दा भागदौड गर्ने क्रममा दुई जनाको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक वसन्त लामाले जानकारी दिएका छन । कागेश्वरी-मनोहरा नगरपालिका मुलपानीस्थित तेण्डु शेर्पाको घरमा संगठित रुपमा जुवा खेलाउने गरेको सूचनाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट डिएसपी होविन्द्र बोगटीको नेतृत्वमा प्रहरीको टोली छापा मार्न गएको थियो ।

घरको पहिले तलामा चेन गेट लगाएर तेस्रो तलामा जुवा खेलाइने गरिएको रहेछ । माथि जानका लागि प्रहरीले चेनगेटको तल्चा फुटाउँदै गर्दा करीब ३० जनाको संख्यामा जुवातास खेल्दै गरेकाहरु भागाभाग गर्न थाले। झ्यालबाट हामफालेर भाग्ने क्रममा दुई जना घरको आगनमा रहेको टिनको कटेरोमा टाउको बजारिएर गम्भीर घाइते भए । उनीहरुलाई प्रहरीले आफ्नै भ्यानमा हालेर उपचारका लागि ललितपुरको ग्वार्काेस्थित बीएन्डबी हस्पिटलमा लग्यो । हस्पिटलमा दुवै जनाको मृत्यु भयो ।

प्रहरीले जुवाको अखडाबाट ४ लाख ५८ हजार २२५ रुपैयाँ बरामत गरेको छ । त्यस्तै जुवा खेलिरहेका १ महिलासहित २३ जनालाई पक्राउ गरिएको एसएसपी बसन्त लामाले जानकारी दिनुभयो । यो समूहले फरक फरक घरमा हरेक दिन जुवा खेलाउने गरेको र त्यसबापत घरधनीलाई एक रातको १० हजार रुपैयाँसम्म शुल्क तिर्ने गरेको पनि एसएसपी लामाले जानकारी दिनुभयो । ८ वटा मोटरसाइकल एक गाडी पनि प्रहरीको नियन्त्रणमा रहेको बरिष्ठ प्रहरी उपरीक्षक लामाले बताएका छन् । उनका अनुसार उनीहरु त्यहाँ रक्सी खाँदै जुवातास खेलिरहेका थिए ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *