एजेन्सि
कंगनाको एउटा टि्वटले अहिले बलिबुड तातिएको छ। कंगना निकै क्रुद्ध बनेर टि्वटरमा सोनमविरुद्ध फायर खोलेकी छन् ।
उनले लेखेकी छन्, ‘सोनम को हुन् मेरो मूल्यांकन गर्ने ? म उनीजस्तो बाबुको नाम भजाएर बलिउडमा आएको होइन । आफ्नो बलबुतामा टिकिरहेकी छु । अन्तर्ाष्ट्रिय मञ्चमा देशको प्रतिनिधित्व गरेकी छु । सोनमसँग के छ ? न अभिनय राम्रो छ न शरीर नै मिलेको । खाली बुवाको नाम बेचेर खाइरहेकी छन् ।’
कंगनाको यो प्रतिक्रिय निर्देशक विकास बहलविरुद्ध उनले यौन दुव्र्यवहारको आरोप लगाएपछि सोनम कपुुरलाई कंगनाको उक्त अभिव्यक्तमाथि प्रतिक्रिया मागिँदा उनले जवाफ दीइन्, ‘कंगनाले भनेको सबै कुरा सही हुन्छन् भन्ने छैन ।’ भनेर दिएपछि आएको हो।
बलिउडमा अहिले ‘मि टु’ ह्यासट्यागको आतंक छ । यो ह्यासट्याग प्रयोग गर्दै महिलाहरुले आफ्नो पुराना सहकर्मीहरुलाई यौनशोषणको विवादमा तानिरहेका छन् । तर, यही अभियानले दुई नायिकाहरुको सम्वन्ध बिग्रिएको छ । पछिल्लोपटक निर्देशक विकास बहलविरुद्ध यौन दुव्र्यवहारको आरोप लाग्यो ।
सन् २०१४ मा फिल्म ‘बम्बे भेल्भेट’ को प्रमोसन टुरका क्रममा विकासले आफूमाथि यौन दुव्र्यवहार गरेको एक क्रु मेम्बरले दावी गरेकी छन् ।ति युबतिको पक्षमा बोल्दै कंगनाले विकासको दुर्व्यवहार आफूले पनि झेलेको उल्लेख गरेकि थीइन।