प्रधानमन्त्री केपी ओलीको आफूलाई कसैले पनि नटेरेको दुखेसो

समाचार
शेयर गर्नु होला

 

काठमान्डौ

राजपाका नेताहरूसँगको बैठकमा प्रधानमन्त्री केपी ओलीले आफूलाई कसैले पनि नटेरेको दुखेसो पोखेका छन्।प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति भएको वार्तामा उनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘अदालत, प्रशासन, सुरक्षा निकायलगायत कसैले पनि प्रधानमन्त्रीलाई टेरेनन्। देखिहाल्नुभयो, सबैले असहयोग गरेकाले निर्मला पन्तको बलात्कारीसमेत पत्ता लगाउन सकिएन। यस्तै समस्या तपारिंहरूसँग गरेको तीनबुँंदे सहमति कार्यान्वयनमा भएको छ।’

राजपाका अध्यक्ष महन्थ ठाकुरले दुई पृष्ठको ज्ञापनपत्र प्रधानमन्त्री ओलीलाई दिँदै राजपाका माग आगामी छठसम्म पूरा नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने र फेरि मधेस आन्दोलनमा जाने चेतावनी दिए।

प्रधानमन्त्री ओलीले आग्रह गरे, ‘यो सरकार नेकपाको मात्र नभएर मधेसवादी शक्तिहरूको समेत हो। त्यसैले समर्थन फिर्ता लिने कुरै नगरौं।’ राजपाको माग दसैंसम्म पूरा गर्ने प्रतिबद्धता प्रधानमन्त्रीले व्यक्त गर्न नपाउँदै अध्यक्ष ठाकुरले ‘तपारिंलाई छठसम्म समय भयो’ भन्दै आपसमा छक्याउने र झुक्याउने काम नगर्न आग्रह गरेको स्रोतले जानकारी दियो।

प्रधानमन्त्री ओलीले तत्कालै भने, ‘मधेसको माग पूरा गर्ने काम यथाशीघ्र अघि बढाउन सकिनँ। परिस्थितिले मलाई साथ दिएन। अब म यो काम गरेरै छाड्नेछु।’ नेपाल र नेपालीको काममा किन कसैले सहयोग गर्दैन आफू आश्चर्यमा परेको भन्दै उनले आगामी दिनमा फेरि तीनबुँंदे कार्यान्वयन नभएको गुनासो तपाईंहरूबाट अौनदिने छैन भन्ने प्रतिबद्धता व्यक्त गरेका थिए। पार्टी एकतापछिका समस्याले पनि आफूले काम गर्ने पर्याप्त समय नपाउँदा तिहारसम्म संविधान संशोधन गरिसक्ने उनले बताए।

प्रधानमन्त्रीसँग राति ७ बजेदेखि ९ बजेसम्म भएको वार्तामा अध्यक्ष ठाकुरसहित अध्यक्षमण्डलका नेता महेन्द्रप्रसाद यादव, राजकिशोर यादव र अनिलकुमार झा सहभागी थिए। अध्यक्षमण्डलका नेता झाले वार्ताबारे भने, ‘प्रधानमन्त्रीले राजपाको माग दसैंसम्म पूरा गर्ने वचन दिएकोमा हामीहरूले दसैं होइन, छठसम्मको समय दियौं।’

प्रधानमन्त्रीसँग सकारात्मक वार्ता भए पनि ७ महिनादेखि यस्तै वार्ताले निरन्तरता पाएकोमा राजपा दुःखित भएको उनले बताए। राजपाले प्रधानमन्त्रीसमक्ष सरकारलाई दिएको समर्थन आगामी छठपछि कुनै पनि समय फिर्ता लिनसक्ने चेतावनी दिएको छ।

राजपाले प्रधानमन्त्रीसँग भन्यो, ‘प्रधानमन्त्रीको निर्वाचनका बेला तपाईंले गर्नु भएको तीनबुँंदे सहमति कार्यान्वयन गर्न सक्नु भएन। त्यतिमात्र होइन, ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारामा मात्र सरकारलाई सीमित गराउँदै तपारिंले सिंगो देशले दुई तिहाइको सरकारसँग गरेको अपेक्षासमेत शून्यमा परिणत गर्नु भयो।’अन्नपूर्णपाेष्ट


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *