काठमाडौँ ७ बाट वामदेवले चुनाव लडने

समाचार
शेयर गर्नु होला

 

काठमाण्डौ

बर्दियामा पराजित भएका नेकपाका नेता वामदेव गौतमका लागि काठमाडौँ क्षेत्र नम्बर ७ का सांसद रामवीर मानन्धरले छाड्ने भएका छन् । डोल्पा र बाँकेबाट निर्वाचित सांसदहरुलाई राजीनामा गराउन असफल भएका वामदेवले रामवीरलाई राजीनामा दिन लगाएर काठमाडौँ क्षेत्र नम्बर ७ बाट चुनाव लड्ने भएका हुन् ।

वामदेवका लागि काठमाडौँ क्षेत्र नम्बर ७ बाट राजीनामा दिन तयार भएको सांसद रामवीर मानन्धरको पत्र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार बसेको सचिवालय बैठकमा प्रस्तुत गरेको जानकारी नेकपा उच्च स्रोतले दिएको छ ।

नेकपामा नेताबीच बढेको कलह मिलाउन र पार्टी एकतालाई तलसम्म पुर्याउनका लागि बसेको सचिवालय बैठकमा प्रचण्डले वामदेवका लागि रामवीरले छाड्न तयार भएको पत्र प्रस्तुत गरेका थिए । नेकपा उच्च स्रोतका अनुसार राष्ट्रिय सभामा मनोनित गर्ने आश्वासन दिएर नेताहरुले रामवीरलाई मनाउन सफल भएका हुन् ।

बालाजुस्थित अष्टनारायण चलचित्र मन्दिरका मालिकसमेत रहेका रामवीर मानन्धर तत्कालीन महिला बालबालिका तथा समाज कल्याण मन्त्री तथा राप्रपा नेता विक्रमबहादुर थापालाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। मानन्धरले १८१०२ मत पाएका थिए भने विक्रमबहादुर थापाले १००७९ मत पाएका थिए। उनले ८०२३ मतको अन्तरले लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार, राप्रपाका नेता तथा महिला, बालबालिका तथा समाज कल्याण मन्त्री विक्रमबहादुर थापालाई पराजित गरेका थिए ।

नेता गौतम डोल्पाबाट पर्यटन राज्यमन्त्री धनबहादृुर बुढालाई राजिनामा गराएर डोल्पामा चुनाव उठ्ने योजनामा थिए । तर जनताले दबाब दिएको भन्दै बूढाले राजीनामा दिन नमानेपछि नेकपाका महासचिव विष्णु पौडेलले बाँकेका सांसद नन्दलाल रोकायसँग राजीनामाका लागि कुराकानी गरेका थिए । तर, रोकायसँग पनि सहमति हुन सकेन ।

योबीचमा बैतडीबाट दामोदर भण्डारी, दैलेखबाट रवीन्द्र शर्मा, प्युठानबाट जनमोर्चाकी दुर्गा पौडेललाई राजीनामा गराउने प्रयास भएको थियो । तर, कतै पनि टुंगो नलागेपछि काठमाडौं–७ बाट उठाउन लागिएको हो । गत निर्वाचनमा बर्दियाबाट पराजित गौतमलाई पार्टीभित्रैबाट भएको अन्तरघातबाट हराइेको आशंकामा तत्कालीन एमालेले छानबिनसमेत गरेको थियो ।

 


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *