नेबिसंघ उमेर बिबादमा चर्काचर्कि , बैठक स्थगित

समाचार
शेयर गर्नु होला

 

काठमान्डौ

नेपाल विद्यार्थी संघको विधानमा लगाइेको उमेर हद बन्देजको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल कांग्रेसभित्र विवाद बढेको छ ।

संस्थापन पक्षले नेविसंघ विधान संशोधन गर्दै १२ौं महाधिवेशनबाटै उम्मेदवार बन्न ३२ वर्षे उमेर हद लगाउने गरी बहुमतबाट निर्णय गरेपछि कांग्रेसभित्र संस्थापन र संस्थापनईतर समूहबीच विवाद चर्केको हो । सो विषयमा विवाद बढेपछि बिहीबारका लागि डाकिएको केन्द्रीय समिति बैठक नै स्थगित गरिएको छ ।

संस्थापनईतर समूहले बहुमतका आधारमा निर्णय हुने बैठकमा उपस्थित हुनुको तुक नहुने भन्दै बहिष्कारको चेतावनी दिएपछि संस्थापन पक्षले बुधबार बैठक स्थगित गरेको हो । गत अाइतबार बसेको केन्द्रीय समिति बैठकले बहुमतबाट नेविसंघ विधानमा ३२ वर्षे उमेर हद कायम हुनेगरी विधान संशोधन गर्ने निर्णय गरेको थियो । सो विधानलाई पारित गर्न भन्दै सभापति शेरबहादुर देउवाले बिहीबार (आज) का लागि केन्द्रीय समिति बोलाएका थिए ।

पार्टी नेतृत्वले निर्णय गर्दा विधि र प्रक्रियाको उल्लंघन गर्दै निर्णय लिएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलसहित नेता कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह र अर्जुननरसिंह केसीले ‘नोट अफ डिसेन्ट’ लेखेका थिए । उनीहरूले नेविसंघले निर्णय गरेर पठाएको विधानलाई पार्टी नेतृत्वले हस्तक्षेप गरेर आफूखुसी ढंगले परिमार्जन गरेको आरोप लगाउँदै आएका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले विधि र प्रक्रिया नाघेर गरिने कुनै पनि बैठकमा सहभागी नहुने जनाए । ‘पार्टी विधि विधानमा चल्नुपर्छ, मनोमानी गरेर निर्णय गर्ने हो भने बैठकको औचित्य छैन,’ वरिष्ठ नेता पौडेलले  भने ।

नेता सिटौला भने केन्द्रीय समितिमा सहभागी नहुने भन्दै मंगलबार नै विराटनगर गएका छन् । उनी झापा, वीरगन्ज र बारामा हुने कार्यक्रम सकेर २८ असोजमा राजधानी फर्किनेछन् । कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुधबार विज्ञप्ति जारी गर्दै बैठक स्थगित भएको जनाएका छन् ।

‘असोज २५ गते बिहान ११ बजेका लागि बोलाइेको केन्द्रीय कार्यसमितिको बैठक अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि स्थगित गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।राजधानि दैनिक


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *