नेकपामा गौतमको सांसद मोह लाइ लिएर असन्तुष्टि

राजनीति
शेयर गर्नु होला

काठमाण्डौ

नेकपा नेता वामदेव गौतम उपनिर्वाचनबाट संसद् छिर्न खोज्दै छन्। यसका लागि काठमाडौं ७ का सांसद रामवीर मानन्धर सिट छाड्न तयार भैसके। पार्टी नेतृत्व भने गौतमसँग असन्तुष्ट देखिएको छ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले यसबारे बोलेका छैनन्। गौतमका पक्षमा रहेका भनिएका अर्का अध्यक्ष पुष्पकमल दाहालले पनि बुधबार ‘सिट गुम्ने गरी उपनिर्वाचनमा नजाने’ विचार व्यक्त गरे। मानन्धरले ‘स्वीकृति पत्र’ अध्यक्ष दाहाललाई नै बुझाएका थिए।

उनको पत्र सोमबार सचिवालय बैठकमा पढेर सुनाइेको थियो। मंगलबार उनले पत्रकार सम्मेलन गरी गौतमका लागि पद त्याग्न तयार रहेको घोषणा गरे। मानन्धरको घोषणासँगै गौतमको इच्छामा शीर्ष नेतृत्व आश्चर्यमा परेको एक नेताले बताए। ‘कहीँकतै छलफल नभैइ एक्कासि मानन्धरले पत्रकार सम्मेलन गरेको देख्दा अचम्भित छौं’, स्थायी समितिका ओलीनिकट एक नेताले अन्नपूर्णसँग भने, ‘यति ठूलो निर्णय पार्टीले औपचारिक रूपमा गर्नुपथ्र्याे।’

मानन्धरको राजीनामा घोषणा र गौतमको उम्मेदवारीबारे नेकपाले कुनै आधिकारिक निर्णय लीसकेको छैन। गौतमले पनि काठमाडौं ७ मा उपनिर्वाचन लड्ने÷नलड्नेबारे कुनै प्रतिक्रिया दिएका छैनन्। सामाजिक सन्जाल फेसबुकमा रामवीरप्रति कृतज्ञता व्यक्त गरेका छन्। ‘नतमस्तक छु कमरेड रामवीर मानन्धर, तपाईंले पत्रकार सम्मेलन गरेर जुन अभिव्यक्ति दिनुभयो, त्यो विचारले मेरो कद अझ उँचो बनाएको छ।

संगठनका लागि हामी दुवै जना सिपाही हो। भोलिका दिनमा संगठनले मलाई दिने भूमिका र तपारिंले गरेको त्यागप्रति उँचो राख्न र तपारिंले मप्रति देखाउनुभएको विश्वासलाई कायम राख्न कुनै कसर बाँकी राख्ने छैन। पार्टीले हामीलाई भूमिका र जिम्मेवारी जे जस्तो दिए पनि जनताको काममा सधै सँगै रहन्छौं’, फेसबुकमा उनले भनेका छन्।

सचिवालयभित्र अध्यक्ष दाहाल र महासचिव विष्णु पौडेल गौतमलाई उपचुनावमार्फत सांसद बनाउने पक्षमा छन्। दाहाल गौतमलाई नचिढाउन मात्रै उनको पक्षमा उभिएको स्रोत बताउँछ। प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेता ईश्वर पोखरेल भने विपक्षमा छन्। पोखरेलले सामाजिक सञ्जालमै सांकेतिक विरोध जनाएका छन्। श्रेष्ठ भने बोलिसकेका छैनन्। रामबहादुर थापा पक्षविपक्ष नदेखिने मनस्थितिमा छन्।

वरिष्ठ नेता माधव नेपाल पार्टीले निर्णय गरे गौतमलाई असहयोग गर्ने पक्षमा छैनन्। वरिष्ठ नेता झलनाथ खनाल केही बोलेका छैनन्। मानन्धरको स्वीकृतिपत्र ‘सरप्राइज’का रूपमा आएको भन्दै नेकपाभित्रको पूर्वएमाले समूह सशंकित देखिएको छ।

स्थायी समिति सदस्य भीम रावल खुलेर विपक्षमा देखिएका छन्। उनले पार्टी जीवनमा दीर्घकालीन महत् राख्ने निर्णयमा आन्तरिक छलफल हुनुपर्नेमा निहित स्वार्थमा प्रस्ताव आएको भन्दै असन्तुष्टि जनाएका छन्। ‘विधि प्रक्रिया र राष्ट्रिय हितबारे स्थायी समिति बैठकमा छलफल आवश्यक छ। राष्ट्रिय र पार्टीजीवनमा दीर्घकालीन प्रभाव पार्ने विषयमा छलफलबिना निहित स्वार्थ र आवेगले निष्कर्ष निकाल्ने काम कतै नहोस्’, रावलले भने।

अध्यक्ष दाहालले भने पार्टीभित्र छलफल बाँकी रहेको बताए। ‘काठमाडौं ७ मा उपचुनाव हुने विषयमा पार्टीभित्र निर्णय भैसकेको छैन। पार्टीको सिट गुम्ने गरी उपचुनाव हुँदैन, ढुक्क हुनुहोस्,’ दाहालले ताप्लेजुङ पाथीभरा समाजले बुधबार आयोजना गरेको कार्यक्रममा भने। सचिवालय सदस्य पोखरेलले फेसबुकबाटै सांकेतिक असन्तुष्टि व्यक्त गरेका छन्।

‘अहिले हामी भन्दै छौं, हामी थप एकताबद्ध बनेका छौं ! कता हो कता, शक्तिशाली पनि बनेका छौं ! तर हाम्रो यो स्थितिलाई सच्चा शक्तिमा बदल्नका लागि विगतमा हामी स्वयंले स्थापित गरेका विचार, विधि, मान्यता, अभ्यास र आचरणलाई नयाँ स्तरमा उठाउनु र स्थापित गर्नु जरूरी छ,’ पोखरेलले भनेका छन्, ‘प्राप्त भएको उचाइसँगै चुनौती पनि प्रकट हुन सक्छन् भन्ने कुरा यतिबेला हेक्का राख्नु जरुरी छ।’अन्नपुर्ण पोस्ट


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *