अक्सफोर्डमा यो वर्षको दशैं तिहार शुभकामना साँझ भब्य रूपमा सम्पन्न

अन्तर्राष्ट्रिय फोटो फिचर समाचार
शेयर गर्नु होला

Nepalese Community Oxfordshire (NCO UK) को आयोजनामा यस बर्षको दशै तिहार शुभकामना साँझ भब्य रूपमा सम्पन्न भएको छ। अक्सफोर्ड एकेडेमी स्कुलको हलमा आयोजना गरिएको उक्त कार्यक्रममा करिब ३०० जना नेपाली हरुको सहभागिता रहेकोे थियो।

नेपालीहरुको महान चाड बडादशैलाई NCO ले एकआपसमा प्रेम, सद्भावना, सहकार्य र समझदारीको पर्बको रुपमा मनाउने कोशिश गरेको छ। बालबालिका हरुलाई हाम्रो संस्कृति र परम्पराको निरन्तरता तथा चिनारी गराउने उदेश्यले कार्यक्रममा विभिन्न संस्कृति झल्काउने नाचहरु प्रस्तुत गरिएको थियो।

ईन्टरटेनमेन्ट संयोजक लिला सुब्बा, जस्मि गुरुङ, सचिब मनिसा थापा तथा सहसचिब सन्जय गुरुङ द्वारा संचालित रमाइलो कार्यक्रममा नेपालबाट पाल्नु भएकि गायिका जुना शिरीष मगर ज्युले भरपुर  मनोरञ्जन दिनु भएको थियोे।
अक्सफोर्डका Lord Mayor Colin Cook, अक्सफोर्ड इष्टका MP  Anneliese Dodds र NCO  का Patron Lawrence Lee द्वारा संयुक्त रूपमा पानसमा दियो बाली कार्यक्रम को उद्घाटन गरिएको थियो।

अध्यक्ष तुलसी पौडेल द्वारा स्वागत मन्तब्य दिने क्रममा दशै तथा तिहारको शुभकामना दिदै उपस्थित सबैलाई कार्यक्रममा स्वागत गर्नु भएको थियो। यस बर्ष शिक्षा छेत्रमा बिभिन्न विषयमा स्नातक प्राप्त गर्नु हुने अक्सफोर्डबासी बिद्यार्थी हरु; श्री खेसे हांग योंग्या, सुश्री सकुन्तला योंग्या,  सुश्री शलिना थापा, सुश्री रिना राई, सुश्री शीला पौडेल, सुश्री रिया लिम्बु र श्री दया थापा  साथै स्नातोकत्तर प्राप्त गर्ने रोशन लिम्बु लाई कम्युनिटी को तर्फबाट Letter of Recognition द्वारा सम्मान गरिएको थियो।

यस्तै प्रकारले कम्युनिटीमा सक्रिय रहि सामाजिक कार्यमा ठुलो सहयोग गर्नु हुने समाजसेबी हरु श्री चन्द्र राहादी अनि परिवार,  श्री अमर थापा अनि परिवार, श्रीमती लक्ष्मी गुरुङ अनि संजय गुरुङ, श्री गोविन्द सापकोटा, श्रीमती पदमा लिम्बु, श्रीमती जस्मि गुरुङ, श्रीमती चिजा गुरुङ, सुश्री बिपना राहादी, सुश्री एलिना लिम्बु, सुश्री सिलिया गुरुङ, सुश्री सोफिया लिम्बु, श्रीमती सृजना गुरुङ, श्री सनिम लिम्बु लाई पनि Letter of Appreciation द्वारा सम्मान गरिएको थियो।

कार्यक्रममा उपाध्यक्ष कुल योङा, कोषध्यक्ष कबीता कंडेल, सदस्य अ्मर थापा, नर लिम्बु, भक्त लिम्बू, मिडिया संयोजक पुर्ण गुरुङ तथा अन्न्य Volunteer हरुको सक्रिय सहयोग रहेकोे थियो। यो सुमधुर साझ सधैं को लागी अविस्मणरनिय बनेको छ।

बिजया दशमी २०७५ को पावन अवसरमा सुख शान्ति तथा समृद्धिको हार्दिक मंगलमय शुभकामना।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *