प्रिमिकाको मुटु नै खाइदिने यो कस्तो प्रेम……?

अन्तर्राष्ट्रिय
शेयर गर्नु होला

 

एजेन्सी 

रुसका एक नरभक्षी व्यक्तिलाई आफ्नै प्रेमिकाको मुटु खाएको आरोपमा सजाय सुनाएको छ। ति व्यक्तिलाई १२ वर्षको कारावास सजाय सुनाइेको छ । उनले आफ्नी प्रेमिकालाई मारेर उनको मुटु झिकेर पकाए अनि रक्सीसँगै त्यो मुटु खाइदिए ।

अलेक्से यास्त्रेबोभ नामक ती व्यक्तिलाई आफ्नी प्रेमिका एकातेरिना निकिफोरोभालाई झगडापछि कैंचीले १२९ पटक हिर्काएर मारेको आरोप छ । उनले प्रेमिकाको घाँटी चक्कुले काटेका थिए । त्यसपछि उनले प्रेमिकाको मुटु र देब्रे फोक्सो निकालेका थिए र तिनलाई स्टोभ बालेर पानीमा उमालेका थिए ।

यो घटना क्रास्नोयार्स्कस्थित आफ्नै घरमा गरेको अदालतको सुनुवाइमा खुलेको छ । उनले यो वीभत्स हत्याका बारेमा आफ्नो साथीलाई अनौठो मुस्कानसहित सुनाएका थिए, ‘मैले तिमीलाई भनेको थिएँ नि, म उसको मुटु खाइदिन्छु । मैले खाइदिएँ ।’ निकै तर्सिएका साथीले भने, ‘उसनजिक एुटा बोतल थियो । उनले मुटु खाँदा सँगै वाइन पनि पिएको बताए ।’

यी दुष्ट हत्यारालाई हत्कडी लगाएर अदालतमा उपस्थित गराइेको थियो । उ नले पीडित महिलाकी आमा ल्युबोभ टिमोशेन्कोसँग माफी मागेका थिए । ती महिलाका दुई छोरी पनि छन् ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *