आज का (अाईतबार ) पत्र-पत्रीका हरु का मुख्य समाचार हरु जस्ता को त्यस्तै (As Published in Todays News Papers)

फोटो फिचर विचार/ब्लग समाचार
शेयर गर्नु होला

 

शिक्षण पेसा सुधार्न आन्दोलन आवश्यक : शिक्षामन्त्री पोखरेल

 

जनकपुरधाम — विज्ञान प्रविधि तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले कमजोर विद्यार्थीलाई शिक्षण पेसामा संलग्न गराउने तथा भर्ना लिने विश्वविद्यालयको नीति नै परिवर्तन गरेर शिक्षामा आमूल परिवर्तनो आवश्यकता रहेको बताएका छन् ।

महोत्तरीको गौशाला नगरपालिकामा आयोजित उच्च शिक्षा विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले भने, ‘शिक्षक शिक्षणकला महत्वपूर्ण पाटो भएकोले शिक्षकले जागिरे मानसिकता त्यागेर शिक्षण पेसालाई अँगाल्न जरुरी छ ।’ उनले राजनीतिक आन्दोलनबाट देशमा आमूल परिवर्तन भएको उल्लेख गर्दै शिक्षणमा समेत आन्दोलन आवश्यकता रहेको बताए ।

शिक्षाको पुरानो शिक्षा पद्धतिलाई पनि भत्काएर नयाँ शिक्षण पद्धति अँगाल्नुपर्ने बेला आइसकेकोले देशमा ७ लाख शिक्षण पेसाको लाइसेन्स लिएर बसेकालाई समायोजन नुहुनुजेलसम्मका लागि शिक्षाशास्त्रको अध्ययन, अध्यापन रोक्नुपर्ने मन्त्री पोखरेलको भनाइ थियो । उनले सामुदायिक स्कुलबाट कलेजलाई झिक्नुपर्ने खाका अघि बढिसकेको जानकारी गराउँदै सामुदायिक विद्यालय रुपान्तरणका लागि शिक्षक (मास्टर)ले मात्रै पढाएर हुँदैन, घर, परिवार तथा अभिभावकले समेत ध्यान दिनुपर्नेमा जोड दिए ।

शिक्षामन्त्री पोखरेलले भने, ‘शिक्षा संकायको पढाइ अहिलेलाई रोकौं, शिक्षण पेसाको जनशक्ति धैरै भयो, शिक्षक उत्पादन धेरै भयो, अब प्राबधिक शिक्षामा जोड दिऊ ।’ हरेक विद्यार्थीले प्लस २ पढाइ सकिँदा अनिवार्य एउटा सीप सिकेर विद्यालय शिक्षा सिकाउनु पर्ने गरी शिक्षामा रुपान्तरण गर्नुपर्ने उनको भनाइ थियो ।

प्राविधिक शिक्षा कालोपाटीमा पढाएर हुँदैन, प्राविधिक शिक्षालाई टेक्नोलोजीको विकासक्रमको गतिमा लग्नुपर्छ । अहिले देशभर ७ लाख शैक्षिक लाइसेन्सधारी शिक्षक रहेको बताउँदै उनले भने, ‘शिक्षा संकायमै त्रुटी रहेको र अहिले यसलाई केही समयको लागि बन्द गरौं ।’

गौशाला नगरपालिकाका नगर प्रमुख शिवनाथ महतोको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षामन्त्री पोखरेलले श्रमलाई सीप, सीपलाई उत्पादन र उत्पादनलाई समृद्धिसँग जोडनुपर्ने बताए । उनले २ सय ५४ विद्यालयमा प्राविधिक शिक्षाको स्वीकृति दिइसकिएको बताउँदै गौशाला नगरपालिकाको लागि देशको कुनै पनि स्थनामा नभएको प्राविधिक शिक्षा ल्याउने तयारीमा जुटेको बताउँदै गर्दा कार्यक्रममा ताली नबजेपछि मन्त्री पोखरेलले खै त तपाईंहरुको ताली बजेन त, भनिरहँदा शिक्षकहरु गलल्ल हाँस्दै तालीको गडगडाहटले स्वागत गरेका थिए ।……………( भनेर आज को कान्तिपुर मा लेखिएको छ। / published in Todays Kantipur)

तिब्बतको व्यापार ठप्प

 

काठमाडौँ — दार्चुला ‘हामी सरकारलाई राजस्व तिर्न तयार छौँ, तर सरकार राजस्व लिन तयार छैन,’ यो भनाइ हो दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष मंगलसिह ठगुन्नाको ।

सुरक्षाको कारण देखाउदै द्वन्द्वकालमा विस्थापित भएका दार्चुलाका त्रिदेशीय सीमामा रहेको सितापुल तिंकर छोटी भन्सार, दत्तु र जौलजिवी भन्सार हालसम्म पुनःस्थापना गरिएको छैन । त्रिदेशीय सीमा तिंकरसँग भारतीय बजार र चीनको स्वसाशित क्षेत्र तिब्बत जोडिएको छ । यो नाकाबाट विगतमा राम्रै व्यापारिक सामान आयात–निर्यात हुने गरेको थियो, उद्योग वाणिज्य संघका अध्यक्ष ठगुन्नाले भने । हामी तिब्बतबाट जुत्ता, ज्याकेट, कम्बल, भेडा च्याङ्ग्रा आयात गर्ने गरेका थियौ । तर पछिल्लो समय नेपालतिरको बाटो नै अवरुद्ध भएपछि सबै व्यापार ठप्प छ ।

दार्चुलाको यार्सागुम्बा सिधै तिब्बत चीन निर्यात हुने गरेको थियो । तर भन्सार नहुँदा अहिले नेपालले करौडौैं राजस्व गुमाउनु परेको छ । हामीले राजस्व तिर्ने चाहना हुँदाहुँदै पनि सरकारले भन्सार स्थापना र सडक निर्माणमा ध्यान नदिएको उहाँको भनाइ छ ।

तिब्बतबाट आयात–निर्यात हुने वस्तुको भन्सार उठाउन नसक्दा वर्षेनी राज्यले राजस्व गुमाउनु परेको छ । तस्करको मुख्य मार्गको रुपमा रहेको सो क्षेत्रमा राज्यको उपस्थिति कमजोर हुँदा राजस्व संकलनमा न्यून हुँदै गएको छ । भन्सार पुनःस्थापना हुने वित्तिकै राज्यले सुरक्षा उपस्थित गराउन सक्छ तर यो कार्यमा राज्यले चासो नलिएको व्यापारी बडु बताउँछन् ।

अहिले तिंकरमा राज्यको नियमित उपस्थितिको रुपमा नेपाल प्रहरी मात्रै छ । सीमित स्रोत साधनका बीच नेपाल प्रहरी बसेपनि भन्सार राजस्व संकलन गर्न सक्ने अवस्थामा छैन । व्यास क्षेत्रमा बसोबास गर्ने व्यासीहरुको लागि अधिकांश सामान अहिले पनि तिब्बतबाटै आयात हुने गरेको छ । खलंगामा केही व्यापारीले सोहि नाका भएर अवैधरुपमा सामान भित्र्याएर कारोबार गर्ने गरेका छन् । स्थानीयको उपस्थिति नभएको बेला तस्करको लागि तिब्बत सामान ढुवानीमा सजिलो नाका यही हो ।

उक्त नाका भएर आयातनिर्यात गरिने केहि वैध वस्तुको छोटी भन्सार कार्यालय खलंगाबाटै भन्सार चेकपास गर्नुपर्ने बाध्यता रहेको छोटी भन्सार कार्यालयले जनाएको छ । नेपाल–भारत सीमा नाका सितापुलमा छोटी भन्सार नहुँदा प्रहरीले मात्रै चेकजाँच गर्नुपर्ने बाध्यता छ ।………( भनेर आज को कान्तिपुर मा लेखिएको छ। / published in Todays Kantipur)

 

रामेछापमा सुमो दुर्घटना : आमा छोराको मृत्यु, सात घाइते

 

रामेछाप : शनिबार साँझ रामेछापमा सुमो दुर्घटना हुँदा आमा छोराको दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा सातजना घाइते भएको प्रहरीले जनाएको छ ।

रामेछाप नगरपालिका २ खरानेपाखामा ना १ ज ४८१२ नम्बरको सुमो दुर्घटना भएको हो । रामेछाप नगरपालिका कुकुरकाटे भज्ङयाबाट गोठगाउँ जादै गरेको सुमो सडकबाट तीन सय मिटर तल खसेको छ ।

दुर्घटनामा रामेछाप नगरपालिका १ गोठागाउँकी ६० वर्षीया ललीमाया कार्की र ४० वर्षका छोरा दुर्गाबहादुर कार्कीको मृत्यु भएको हो ।

घाइते सातजनाको अवस्था समेत गम्भीर रहेको छ । सबै घाइतेको मन्थली अस्पतालमा उपचार भइराखेको वडा नम्बर १ का वडा अध्यक्ष नरबहादुर थापाले जानकारी दिए ।…….( भनेर आज को अन्नपुर्न पोस्ट् मा लेखिएको छ। / published in Todays Annapurna Post)

 

 

जिल्लामा भारोत्तोलन खेलका सामाग्री नभएपछि खेलाडी दुःखी

 

गुलरिया : बर्दियामा भारोत्तोलन (वेटलिफ्टिङ्ग) खेलका लागि खेल्ने स्थान र खेल सामाग्री नभएको प्रति खेलाडीले दुःख प्रकट गरेका छन् । सरकारले भारोत्तोलन खेलप्रति उदासिनता देखाएको भन्दै उनीहरु निरास बनेका हुन् ।

केही दिनअघि काठमांडौंमा सम्पन्न सेकेण्ड नेपाल स्ट्रोङ्गगेष्ट भारोत्तोलन प्रतिस्पर्धामा प्रथम भएका बर्दिया बारबर्दिया नगरपालिका ६ धामपुर निवासी रोशन बुढाक्षेत्रीले भारोत्तोलन खेलका लागि जिल्लामा कुनै पनि सुविधा नभएको गुनासो गरे । उनले भने, ‘खेल खेल्नका लागि बर्दियामा समस्यै समस्या छ ।’

बर्दियामा भारोत्तोलन खेलको लागि पूर्वाधार नहुँदा खेलाडीले बाँके जिल्ला पुगेर अभ्यास गर्ने गरेका छन् । उनले थपे, ‘भारोत्तोलन खेल सामाग्री लगायत प्रशिक्षक नहुँदा बाँके जिल्लामा गएर प्रशिक्षण लिनुपर्ने बाध्यता छ ।’ खेलकुद विकास समितिले पनि भारोत्तोलन खेलका लागि कुनै चाँसो दिएको छैन।

प्रतिस्पर्धामा एक सय ५ किलोग्राम तौल समूहका बुढाक्षेत्रीले स्न्याच र क्लिन एण्ड जर्क गरी १ सय ५० केजी तौल उठाएका थिए । २० वर्षीय बुढाक्षेत्रीले स्न्याचमा ६५ किलोग्राम तथा क्लिन एण्ड जर्कमा ८५ केजी तौल उठाउन सफल भएका हुन् । खेलको लागि जिल्लामै पूर्वाधार भैदिए अन्र्तर्राष्ट्रि स्तरमै सफलता प्राप्त हुने उनको विश्वास छ ।

भारोत्तोलन खेलका सामाग्री महँगो हुने भएकाले पनि स्थानीय स्तरबाट जुटाउन नसकेको उनको भनाइ छ । बर्दियामा जिल्ला स्तरिय कभर्डहल भएपनि भारोत्तोलन खेल अभ्यासका लागि एउटा कोठासम्म उपलब्ध नभएको गुनासो उनले गरे ।
गुणस्तरिय खेल  तथा खेलाडीका लागि स्थानीयतहले पनि चासो दिनुपर्ने उनको भनाइ छ । ग्रामिण स्तरमा सरकारले उदासिनता देखाएकोले पनि धेरै खेलाडीको मनोबल गिरेको अनुभव उनले सुनाए ।  …….( भनेर आज को अन्नपुर्न पोस्ट् मा लेखिएको छ। / published in Todays Annapurna Post )

 

 

एउटै वडाबाट रु १० लाखको बन्दा निर्यात

 

बैतडी, कात्तिक ३ गते । तरकारीका लागि पकेट क्षेत्रका रुपमा परिचित बैतडीको दशरथचन्द नगरपालिका–१ बाट रु १० लाख बढीको बन्दा निकासी भएको छ ।

दुई महिनाको अवधिमा वडा नं १ बाट रु १० लाख बढीको बन्दा तराइतिर निकासी भएको किसान कृष्णदत्त भट्टले जानकारी दिनुभयो । तरकारी खेतीबाट राम्रो आम्दानी भइरहेकोले कृषक तरकारी खेती तर्फ आकर्षित छन् ।

पछिल्लो समयमा किसान व्यावसायिक तरकारी खेतीमा आवद्ध भएपछि उनीहरुको जिविकोपार्जनमा सहज भएको जेटीए पुस्करराज भट्टले बताउनुभयो । अन्य खेतीको तुलनामा तरकारी खेतीबाट फाइदा हुने भएकाले वडा नं १ का अधिकांश किसानले तरकारी खेती गरिरहेका छन् ।

किसान कृष्णदत्त भट्ट, चन्द्रदेव भट्ट, जयसिंह टेर, कृष्ण बोहरा, भरत टेरलगायलतले रु एक लाख बढीको बन्दा बिक्री गरेका छन् ।

अन्नबालीबाट आम्दानी हुन छाडेपछि किसानले पछिल्लो समय तरकारी खेतीबाट राम्रो आम्दानी गर्न थालेकाले तरकारी खेतीमा आर्कषण बढेको शिखर बिउ प्रवर्धन केन्द्रका प्रोपाइटर देब दत्त भट्टले बताउनुभयो ।

अहिले उपभोग्य सामान किन्नका लागि तरकारी बेचेरै किन्न सकिन्छ भने नजिकैको बजारभन्दा पनि जिल्ला बाहिरसमेत किसानको तरकारी गइरहेको छ ।
प्रतिकिलो रु २० का दरले किसानले बन्दा बिक्री गरेको दशरथचन्द नगरपालिका–१ का कृषि जेटीए सविता चन्दले बताउनुभयो ।

बन्दा लगाउने किसानलाई वडा न १ को कार्यालय ५० प्रतिशत अनुदानमा बन्दाको बीऊ उपलब्ध गराइएको थियो । किसान तरकारी खेतीमा आत्मनिर्भर बन्दा उनीहरुलाई जिविकोपार्जन गर्न सहज भएको छ भने उपभोक्ताले पनि सजिलै तरकारी किन्न पाएकाछन् ।
दशरथचन्द नगरपालिका १ का अन्य धेरै किसानमेत तरकारी खेतीबाटै आत्मनिर्भर बनेका छन् । (रासस)……… ( भनेर आज को गोर्खापत्र मा लेखिएको छ।/ published in Todays Gorkhapatra)

 

नदी सफाइबाट तीन टन फोहर संकलन

 

काठमाडौँ, कात्तिक ३ गते । नेपालीहरुको महान पर्व विजया दशमीसँगै मनोहरा नदी तथा हनुमन्ते नदी सफाइ अभियानलाई निरन्तरता दिँदै आज तीन टन फोहर संकलन गरिएको छ ।

काठमाडौँ, भक्तपुर र ललितपुरको संगम स्थलमा आज भएको मनोहरा सफाइ सम्पदा बचाउन महाअभियानको ८४औं हप्ता तथा हनुमन्ते नदी सफाइ अभियानको ३४औं हप्ताको संयुक्त कार्यक्रम सम्पन्न भएको हो ।

उक्त अभियानमा नेपाल चलचित्र बोर्डका अध्यक्ष, त्रीपुरा संगम समाज तथा हनुमन्ते नदी सफाइ अभियानका सल्लाहकार स्व. रामकेशर बोगटीको निधनको आज १२औं दिनमा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै सफाइ कार्यक्रम गरियो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका सांसद महेश बस्नेतले स्व. बोगटीका योजना तथा अधुरा काम सम्पन्न गर्नु नै उहाँको सच्चा श्रद्धाञ्जलि हुने बताउनुभयो ।
कार्यक्रममा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले बोगटीले चलचित्रको माध्यमबाट नेपाललाई विश्वसामु परिचित गराउँदै चलचित्र क्षेत्रलाई व्यवसायिक तथा प्रतिस्पर्धी बनाउन सफल हुनुभएको बताउनुभयो ।
नेपाली सेना, नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधि, विभिन्न संघसंस्था तथा स्थानीयवासी गरी करीव २०० जना रहेको उक्त सफाइ अभियानबाट आज करीव तीन टन फोहर संकलन गरिएको मनोहरा सफाइ सम्पदा बचाउ महाअभियान तथा हनुमन्ते नदी सफाइका उत्प्रेरक रुद्र पौडेलले बताउनुभयो । (रासस)……… ( भनेर आज को गोर्खापत्र मा लेखिएको छ।/ published in Todays Gorkhapatra )

 

कालीगण्डकी नदीमा युवतीको शवफेला

 

रामपुर नगरपालिका ८ भुजातघाटको कालीगण्डकी नदी किनारमा एक युवतीको शव फेला परेको छ । उनको पहिचान खुल्न नसकेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । ढाकाको कुर्ता र जिन्स पाइन्ट लगाएकी अन्दाजी १८र१९ वर्षकी युवतीको शव फेला परेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक भोजराज पाण्डेले बताए ।

शव रामपुर अस्पतालमा राखिएको छ ।

शुक्रबार बिहान रामपुर १० का २३ वर्षका शंकर कोइराला नदीमा नुहाउन जाँदा बेपत्ता भएकले उनको खोजी गर्ने क्रममा स्थानीयले युवतीको शव देखेर प्रहरीमा खबर गरेका थिए । कोइराला भने अझै बेपत्ता रहेका छन् ।…….. ( भनेर आज को नया पत्रिका मा लेखिएको छ। / published in Todays Naya Patrika)

 

दसैँमा टर्कीकाे मासुमा आर्कषण

दसैँकाे बेला जुम्लामा खसीबोका भन्दा टर्कीकाे मासुमा आर्कषण देखियाे । टर्कीको सेतो मासु स्वास्थ्यको लागि फाइदाजनक रहेकोले यस प्रति आर्कषण बढेको हो ।

जुम्लामा पहिलो पटक व्यावसायीक पालन सुरु गरेका नारायण चौलागाईले दसैँमा टर्की किन्न आउनेको संख्या बढेको बताए । टर्कीको माग बढेकाले उत्साही भएकाे उनले बताए । गत बैशाख महिनादेखि सय वटा टर्कीका चल्ला पालेका उनको फर्ममा अहिले २५ वटा मात्रै बाँकी रहेको छ ।

टर्कीको मासु जुम्लामा प्रतिकेजी एक हजार रुपैयाँमा बिक्री भइरहेको छ । टर्की ढिलो बढ्ने तथा बढी आहारा खाने पंक्षी हो । यसलाई १५ देखि २० हप्ता सम्म पाल्दा पोथी करीब ११ किलो र भाले सो भन्दा बढी तौलको हुन्छ । यसले एक वर्षमा ८० देखि एक सय २० वटा अण्डा पार्दछ ।…….. ( भनेर आज को नया पत्रिका मा लेखिएको छ।/ published in Todays Naya Patrika


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *