५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले शेयर निष्काशन गर्ने तयारी

अर्थ फोटो फिचर समाचार
शेयर गर्नु होला

काठमान्डौ

दोलखाको लामाबगरमा निर्माणाधीन चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले सर्वसाधारणका लागि आगमी कार्तिक दोस्रो सातादेखि शेयर निष्काशन गर्ने तयारी गरेको छ ।

आयोजनाले जिल्लाबासीको शेयर बाँडफाँड लगत्तै दोस्रो चरणमा सर्वसाधारणका लागि शेयर निष्काशन गर्ने तयारी गरेको हो । दोस्रो चरणको सेयर आगामी कार्तिक १५ गतेदेखि निष्काशन गर्ने तयारी रहेको आयोजनाले जनाएको छ । दोस्रो चरणमा साधारण सेयरअन्तर्गत सर्वसाधरणका लागि एक करोड ५८ लाख ८५ हजार कित्ता सेयर निष्काशन हुने माथिल्लो तामाकोशी आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए ।

न्यौपानेका अनुसार दुई करोड ६४ लाख ७५ हजार कित्ता सेयरमध्ये पहिलो चरणमा दोलखाबासीलाई लक्षित गरी एक करोड ५ लाख ९० हजार कित्ता सेयर निष्काशन गर्ने बताए । स्थानीयलाई शेयर बाँडेपछि सर्वसाधरणका लागि दोस्रो चरणको सेयर कार्तिक १५ गतेदेखि निष्काशन गर्न लागिएको बताएको हो । सेयर बिक्री प्रबन्धकको काम नागरिक लगानी कोष र सनराइज क्यापिटलले गर्ने न्यौपानेले बताए ।

सेयर आह्वानपछि सर्वसाधरणले न्यूनतम ५० कित्ता र अधिकतम हजार कित्तासम्म आवेदन दिन सक्ने छन् । आवेदन फारम बुझाउने अन्तिम मिति कार्तिक १९ गतेसम्म रहेको आयोजनाले जनाएको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *