नेपालमा पनि ME TOO : मन्त्री केशव स्थापितमाथि यौन हिंसाको आरोप

समाचार
शेयर गर्नु होला

 

काठमाडौं

मी टू अभियान हलिउडबाट गत वर्ष नै शुरु भए पनि हालका दिनमा भारतमा यसले भूकम्प नै ल्याएको छ ।के बलिबुड कलाकार हुन या राजनेता  सबै यसको शिकार भएका छन। मि टु का कारण नै भारतीय विदेश राज्यमन्त्री एमजे अकबरले पदबाट राजिनामा दिनुपरेको छ ।

अब यसको असर नेपालमा पनि दिखिन थालेको छ। यसको पहिलो शिकार प्रदेश नम्बर ३ का भौतिक योजना तथा निर्माण मन्त्री तथा काठमाडौं महानगरका पूर्व मेयर केशव स्थापित भएका छन्। उनि माथि यौन हिंसाको आरोप लागेको छ।

करिब १५ वर्ष पहिला स्थापित मेयर हुँदा उनले महिला कर्मचारीमाथि यौन हिंसा गरेको ती पीडित महिलाले सामाजिक सञ्जालमार्फत खुलासा गरेकी छन् । पत्रकार तथा महानगरकी तत्कालीन अधिकृत रश्मीला प्रजापतिले सामाजिक सञ्जालमा त्यति बेलाको घटना शेयर गरेकी छन् ।

उनले भनेकी छन्, ‘मेयर स्थापितको कुरा नमान्दा मैले जागिर गुमाउनु पर्यो, उनी यौनहिंस्रक हुन् ।’ रश्मीलाले मन्त्री स्थापितले अँझै पनि महिलामाथि यौनहिंसा गरिरहेको बताएकी छन् । उनले दर्जनौ महिलाले स्थापितका कर्तुतबारे आफूलाई बताएकोसमेत सामाजिक सञ्जालमा शेयर गरेकी छन् ।

रश्मीलाका अनुसार त्यति बेला मेयर स्थापितले प्रमोसन दिन्छु शनिबार मसँग रिसोर्टमा जानुपर्छ भनेका थिए । उनले बारम्बार रश्मिलालाई शनिबार मिर्टिग गर्ने र त्यो पनि रिसोर्टमा भन्दै आएका थिए । एक दिन उनले गाडी नै पठाएर बोलाएकोसमेत रश्मिलाले जनाएकी छन् । आफूले तत्कालीन मेयर स्थापितको कुरा नमान्दा जागिरसमेत गुमाएको बताएकी छन् ।

स्थापित दोस्रो पटक मेयर बनेपछि विनाकारण आफूलाई जागिरबाट निकालिएकोसमेत बताएकी छन् । रश्मीलाले यो घटनाका बारेमा विभिन्न वेबसाईटमा समेत उल्लेख गरिसकेकी छन् । रश्मीला हाल एक गैरसरकारी संस्था स्थापना गरेर महिला हिंसाविरुद्ध अभियान चलाइरहेकी छन् । रश्मिलालाले मी टू अभियानानुसार यो यौनहिंसाको घटना सार्वजनिक गरेकी हुन् । स्रोत डिसि नेपाल

 


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *