रौतहटमा मेला हेर्न गएकी किशोरीको सामूहिक बलात्कार

समाचार
शेयर गर्नु होला

 

रौतहट

रौतहटको गुजरा नगरपालिकाको मनर्वाटोलमा मेला हेर्न गएकी एक किशोरीलाई तीनजना युवकले सामूहिक बलात्कार गरेका छन्।

गुजरा नपाको मनर्वाटोलमा लागेको मेला हेर्न गएकी १७ वर्षीया किशोरीलाई तीनजना युवकले सामूहिकरुपमा बलात्कार गरेको भन्दै पीडित पक्षले प्रहरी कार्यालयमा उजुरी दिएका छन्।

अाईतबार राति मेला हेर्न जाँदा आफूलाई छिमेकी युवकले मोटरसाइकलमा राखेर घर पुर्‍याइदिने भन्दै नहरको डिलमा पुर्‍याएको र तीन जनाले बलात्कार गरेको उनले प्रहरीसामू बताएकी छन् । त्यही समूहले आफूलाई जंगलतर्फ लग्ने क्रममा भागेको उनले बताइन् । घटनामा संलग्न रहेका तीनै जना फरार छन् ।

सोमबार साँझ इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा उजुरी दर्ता भएको छ। बिहानै भएको घटनाको प्रहरीलाई साँझ मात्रै जानकारी दिएकाले आरोपी फरार हुने मौका पाएको प्रहरीको भनाइ छ।

किशोरीको स्वास्थ्य परीक्षण गरी घटनाको अनुसन्धान र आरोपीको खोजी भैरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी युवराज खड्काले जनाकारी दिएका छन्।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *