भगवान कृष्ण को लिला, खेलै खेल मा कालिया नाग लाई पाठ पढाए, जय कृष्ण ।

धर्म दर्शन फोटो फिचर
शेयर गर्नु होला

हामी हरु ले भगवान श्रीकृष्ण का अनेकौ लिला हरु सनू उमेर देखी नै सुन्दै अाईरहेका छौ। भगवान श्रीकृष्ण ले आफ्नो बाल्यकाल देखि नै बिभिन्न समय मा अनेकौ लिला हरु देखाउदै अाउनु भएको थियो। त्यही प्रकरण मा आज हामी तपाई लाई भगवान श्रीकृष्ण को एस्तो लिला को बारेमा भन्न गैरहेका छौ जस्को बारेमा सायद तपाई हरुले सुन्नु र पढनु भएको छ होला।

कालिया नाग कद्रू को छोरा र पन्नग जाति को नागराज थियो। उ पहीले रमण द्वीप मा निवास गर्दथ्यो। तर पक्षीराज गरुड़ सङ शत्रुता भएपछी उ यमुना नदी मा बासोस्थान गर्न थालेको थियो।
कालिया नाग को विष को प्रभाव ले गर्दा यमुना नदी मा विष फैलियो। किंवदंतिहरुमा मा बणन गरीएको छ कि कालिया नाग जुन यमुना नदी को कुंड मा बस्दथियो, त्यहा को पानी विष को ताप ले गर्दा उम्ली रहेको हुन्थ्यो। यहां सम्म कि त्यस माथी बाट उड़ने पक्षी हरु पनी जलेर त्यसमा क्जसने गर्दथे।

श्रीकृष्ण कालिया नाग को विष सङ परिचित थीए। एक दिन आफ्ना साथी हरु सङ भकुन्डो खेल्दै कृष्ण ले आफ्ना साथी को भकुन्डो यमुना नदी मा फ्याली दीए। उन्का साथी भकुन्डो फिर्ता ल्याईदिनका लागी कृष्ण सङ अनुरोध गर्न थाले।
सबै साथी हरु ले समझाउदा पनी ती साथी ले मानेनन र भकुन्डो फिर्ता ल्याउनका लागी भनी रहे। कृष्ण ले साथी हरुलाई धिर्य रहन का लागी भने र नजिकै को एउटा रुख मा चढे। र त्यसपछी उन्ले यमुना को पानी मा हाम फाले।

कृष्ण ले पानी मा हाम फाल्ने बित्तिकै कालिया नाग लाई चेतावनी दीएका थीए की, ‘अब निर्दोष प्राणि हरु माथी हुने अत्याचार हरुको समय समाप्त भएको छ।’ त्यस पछी कालिया नाग ले श्रीकृष्ण माथी आक्रमण गर्यो।

कालिया नाग नेले कृष्ण लाई एउटा साधारण बालक समझेर आफ्नो कुंडली मा च्याप्यो र कृष्ण माथी विष को बर्षा गर्न थाल्यो, तर त्यस समय कालिया लाई निकै ठुलो आश्चर्य भयो, जब कालिया को विष को कृष्ण माथी कुनै प्रभाव परेन। कालिया नाग सम्पुर्ण रुप मा थाकीसकेको थियो।

त्यही बेला कृष्ण ले उफ्रेर कालिया नाग को फन माथी चढे र उक्त नाग माथी लात ले प्रहार गर्न थाले। त्यस पछी वृंदावन का सबै मानिष हरुले देखे कि भगवान श्रीकृष्ण को एउटा हाथ मा बांसुरी थीयो र अर्को हाथ मा त्यही भकुन्डो थियो, जस्लाई ल्याउने बहाना बनाएर उनी यमुना मा हाम फालेका थीए। त्यस दिन देखी कालिया नाग सधै का लागी यमुना नदी देखी टाढा गयो।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *