चाडवाड को बेला धितोपत्र बजारमा शेयरको मूल्य घट्यो

अर्थ फोटो फिचर समाचार
शेयर गर्नु होला

शेयर बजार

चाड वाड को बेला छ अहिले सबै तीर खुशियाली छाएको बेला धितोपत्र बजारमा शेयरको मूल्य आज आठ दशमलब ८२ बिन्दुले घटेको छ । बुधबार बढेर केही राहत दिएको भए पनि आज भने घटेर नयाँ बिन्दुमा पुगेको हो ।

कारोवार मापक नेप्से परिसूचक करीब नौ अङ्कले घटेर एक हजार २४१ दशमलब ११ बिन्दुमा पुगेको हो । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत दुई दशमलब १८ बिन्दुले घटेर २६४ दशमलब ०१ बिन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज कूल १५६ कम्पनीको नौ लाख ४८ हजार ५९३ कित्ता शेयर रु २७ करोड ७१ लाख ८२ हजार ८९८ मूल्यमा खरीद बिक्री भएको छ । कारोवार भएका कूल दश उपसमूहमध्ये आज एक उपसमूहको मात्रै शेयर कारोवारमा वृद्धि भएको छ ।


उत्पादन समूह ४९ दशमलब ५६ बिन्दुले बढ्दा बैंकिङ नौ दशमलब ४३, होटल ३६ दशमलब ९४, विकास बैंक तीन दशमलब ६२, जलविद्युत् ११ दशमलब शून्य ६, वित्त दुई दशमलब २३, निर्जीवन बीमा ४० दशमलब २४, अन्य नौ दशमलब २७, माइक्रोफाइनान्स ६ दशमलब ४५ र जीवन बीमा १२ दशमलब ३९ बिन्दुले घटेको छ ।

छ्याङदी हाइड्रोपावर, कन्काई विकास बैंक, युनिलिभर नेपाल लिमिटेडका लगानीकर्ताले कमाएका छन् भने बरुण हाइड्रोपावर कम्पनी, रैराङ हाइड्रो पावर कम्पनी र समता माइक्रोफाइनान्स कम्पनीका लगानीकर्ताले भने आज गुमाएका छन् ।बिहीबार कारोबारमा आएका १५६ कम्पनी मध्ये ३१ ओटाको सेयर मूल्य बढेको छ भने बाँकी कम्पनीहरुको घटेको छ ।

बजार ८.८२ अंकले घटेसँगै लगानीकतार्को सम्पत्तिको आकार पनि एकै दिनमा झण्डै ११ अर्ब रूपैयाँले घटेको छ । बुधबार कायम भएको १४ खर्ब ९१ अर्ब रूपैयाँको पूँजीकरण बिहीबार १४ खर्ब ८० अर्ब रूपैयाँमा झरेको छ । अब आशा गरौ की चाडवाड को खुशियाली संगै शेयर बजार मा पनी खुशी आओस र शेयर को मुल्य मा छिटो ब्रिद्दि होस।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *