सऊदी अरब ले पाकिस्तान लाई आर्थिक संकट बाट निकाल्ने, ६ बिलियन ड्लर को सहयोग

अन्तर्राष्ट्रिय फोटो फिचर समाचार
शेयर गर्नु होला

इस्लामाबाद

 

आर्थीक संकट बाट जूझी रहेको पाकिस्तान ले अब उक्त समस्या बाट छुटकारा मिल्न गैइरहेको छ। पाकिस्तान ले भनेको छ की सऊदी अरब ले उस्लाई ६ बिलियन डलर (७,८७,१७,००,००,००० रुपैया) को सहयोग सिन को लागी राज़ी भएको छ। उक्त कुरा को जानकारी पाकिस्तान का प्रधानमन्त्री इमरान ख़ान को दोस्रो रियाद को भ्रमण पछी बाहीर आएको हो।

“ब्यालेन्स अफ़ पेमेंट सपोर्ट” को रुप मा सऊदी अरब पाकिस्तान लाई सिधै ३ बिलियन डलर (३,९३,५८,५०,००,००० रुपैया) दीनेछ। त्यस्को अलावा तेल को आयात का लागी एक बर्ष सम्म को पेमेंट को शर्त को बाकी रकम ३ बिलियन ड्लर को सहायता दीईनेछ। यस्का लागी दुबै देश हरुका अर्थ मंत्रालय हरुका बीच एमओयू साइन भएको छ। पाकिस्तान ले भनेको छ कि यो समझौता तीन बर्ष का लागी गरीएको हो त्यस पछी यस्को रिव्यू गरीनेछ।

इमरान ख़ान ले पहीले घोषणा गरेका थीए कि उनको रास्ट्र बेलआउट का लागी आईएमएफ सङ सहायता माग्न जानेछ। तर १९८० देखि हुदै आएको १३वौ बेलआउट लाई लीएर पाकिस्तान ले पछी उदासीनता देखायो। दक्षिणी एशिया को दोस्रो सबै भन्दा ठुलो अर्थव्यवस्था माथी ब्यालेंस अफ पेमेंट को यो ताज़ा संकट हुदैछ।

जुलाई मा प्रधानमंत्री बनी सके पछी नै इमरान ख़ान चीन, सऊदी अरब र यूएई जस्ता देश हरु सङ आर्थिक सहयोग को मांग गरीरहेका छन। तर उन्लाई यो समस्या मा कुनै खाश ठुलो सफलता मिलेको छैन। देश मा चालू खाता मा घाटा बढेको र विदेशी पूंजी घटेको कारण ले देश माथी आर्थिक संकट भएको हो र त्याहा का अर्थ मंत्री का अनुशार उक्त समस्या बाट बाहिर निस्किन का लागी पाकिस्तान लाई १२ बिलियन ड्लर (१५,७४,३४,००,००,००० रुपैया) को आबश्यक्ता हुनेछ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *