बस दुर्घटना : ट्रकमा बस ठोकिदा ११ जना घाईते

समाचार
शेयर गर्नु होला

कावासोती

पूर्व–पश्चिम राजमार्गान्तर्गत नवलपरासी मध्यविन्दु नगरपालिका–११ अरुणखोलमा आज बिहान ५ बजे बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

बर्दियाबाट काठमाडाँैका लागि छुटेको ना६ख ८४३९ नं को बस सडक छेउमा रोकिराखेको ना६ख ५९२ नं को ट्रकमा ठोकिदा सो दुर्घटनामा भएको हो । दुर्घटनमा परी घाइते भएका ११ जनाको नया“ मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका सूचना अधिकृत लीलाराज लामिछानेले बताउनुभयो । घाइतेको नाम, ठेगाना खुल्न बाकी रहेको उहाले बताउनुभयो ।

गए राति भएको अर्को सवारी दुर्घटनामा एक जना घाइते भएका छन् । देवचुली नगरपालिका–१६ स्थित राजमार्गमा ना४२प ५०९५ नं को मोटरसाइकललाई नम्बर नखुलेको ट्रकले ठक्कर दि“दा देवचुली–१६ का ४५ वर्षीय सुमन अधिकारी घाइते हुनुभएको थियो । उहा“को अवस्था चिन्ताजनक रहेको र भरतपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ । (रासस)


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *