अमेरिकाको पिट्सबर्गमा यहूदी पूजाघर मा फायरिंग, ११ को मृत्यु

अन्तर्राष्ट्रिय
शेयर गर्नु होला

एजेन्सि

अमेरिकाको पेन्सिलभेनियाको पिटर्सवर्ग क्षेत्रमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ ।६ जना घाइते भएका छन् ।

यहुदिहरुको बसोबास रहेको स्क्वीरिल हिल क्षेत्रमा बन्दुक आक्रमण भएको हो । अन्धाधुन्द गोली चलाएपछि उक्त व्यक्तिले आत्मसमर्पण गरेको बीबीसीले लेखेको छ ।

अहिलेसम्म आधिकारक रुपमा आक्रमणकारीको पहिचान खुलाइेकाे छैन । अमेरिकी सञ्चारमाध्यमले भने ४६ वर्षीय रोवर्ट बोबर्सले गोली चलाएको दावी गरेका छन् ।प्रहरीका अनुसार आक्रमण भएको स्थानमा प्रार्थाना चलिरहेको थियो ।

यहुदीहरुको पूजास्थल ट्रि अफ सिनगगमा एक गोरा व्यक्ति एसल्ट राइफल र दुई पेस्तोलसहित प्रवेश गरेका थिए । गोलीको आवाज सुन्नेबित्तिकै स्थानीय प्रहरी र आपतकालीन सेवाका कर्मचारी घटनास्थल पुगेका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई भयावह हमला भनेका छन् । पछिल्ला केहि वर्षयता यस्ता हमला लगातार हुनु लज्जास्पद भएको उनको भनाइ छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *