करिव २५ लाख रुपैयाँ बराबरको माछा मर्यो, कसले हालिदियो पोखरीमा विष ?
बारा — माछापालनले मनग्य कमाइ हुने देखेर नजिकैको माछा गाउँको देखासिकीबाट करैयामाई गाउँपालिका-१ का दीपक पासवानले गत वैशाखमा डेढ बिघा खेतमा पोखरी खनाए । जेठदेखि ऋण गरेर माछापालन सुरु गरे । माछा स्यारहार गर्न दाना, पिनालगायततमा हजारौं रकम खर्च गरे । मंसिर १५ देखि माछा मारेर बेच्ने सपना थियो थियो । तर, उनको सपना पूरा हुन पाएन ।
अत्यावश्यक निर्णयका लागि बस्यो मन्त्रिपरिषद्को छोटो बैठक
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बिग्रिएकाले आइतबार मन्त्रिपरिषद्को छोटो बैठक बस्यो । राष्ट्रपतिको भ्रमण स्विकृत र मेलसियासँग श्रम सम्झौता सम्बन्धि अत्यावश्यक निर्णय गर्नै पर्ने भएकाले प्रधानमन्त्रीको अस्वस्थताकाबीच पनि आइतबार बैठक बसेको हो ।
एक सातादेखि युवती वेपत्ता, नेकपाका कार्यकर्तामाथि अपहरणको आरोप
भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका ८ सिपाडोलकी एक युवती एक हप्तादेखि हराइरहेकी छन्। स्थानीय माधव थापाकी १८ वर्षीया छोरी उषा कार्तिक ५ गतेदेखि हराएकी हुन्।
पिता थापाले कार्तिक ५ गते घरमा कोही नभएको मौका छोपी घरबाट निस्किएकी छोरी उषाको अहिलेसम्म अत्तोपत्तो नभएको जानकारी दिए।
महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरमा छोरी हराएको भोलिपल्टै जानकारी दिँदा पनि छोरीको अवस्था थाहा नभएको उनले बताए।
उनले आफ्नो साला नाता पर्ने भक्तपुरकै चाँगुनारायण नगरपालिका ९ ताथलीका ईश्वर खड्काले छोरी उषालाई अपहरण गरेको भन्दै वृत्तमा किटानी जाहेरीसमेत दिएका छन्। उनको किटानी जाहेरीको आधारमा वृत्तले खड्कालाई हिरासतमा राखेको छ।
खड्का सत्तारुढ नेकपा (नेकपा) स्थानीय नेता हुन्। उनी तत्कालीन एमालेको खेलकुद महासंघको भक्तपुर सचिवसमेत हुन्। त्यस्तै उनी नेपाल रेडक्रस सोसाइटी ताथली उपशाखाका सभापति पनि रहेका छन्।
उनलाई जिल्ला अदालत भक्तपुरबाट म्याद थप गरी अनुसन्धान गरिरहेको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक शिशु शर्माले जानकारी दिए।
उषा र खड्काबीच फेसबुक मेसेन्जरमा कुराकानी भएको आधारमा प्रहरीले खड्कामाथि अपहरण नभई साइबर क्राइमअन्तर्गत मुद्दा चलाएको उनले बताए।
फेसबुक मेसेन्जरको च्याटिङमा नाताले मामा भाञ्जी भए पनि अश्लीलभन्दा पनि अश्लील शब्द प्रयोग अन्तरंग कुराकानी भएको पाइएको प्रनाउ शर्माले बताए।
उक्त च्याटिङमा खड्काले उषालाई पटकपटक पैसा दिएको, मोबाइल रिचार्ज गर्न पिन नम्बर पठाएकोसमेत उल्लेख रहेको वृत्तले जनाएको छ।
उषाका बुबा माधवले उक्त च्याटिङको आधारमै खड्काले नै आफ्नो छोरी अपहरण गराएको आरोप लगाएका छन्। उनले आफू भक्तपुरमै बसेर उषालाई अरु केटा लगाएर अपहरण गराएको दाबी गरे।
‘ईश्वर खड्काले नै मेरी उषालाई अपहरण गराएको हाम्रो आशंका छ’, बुबा थापाले भने, ‘नत्र हराएको एक हप्ता हुँदा पनि छोरी किन फेला परिनन्।’
प्रहरीले भने उनको आरोप स्वीकार गर्न सकेको छैन। प्रहरीले उषा हराएपछि उनको कोठामा खानतलासी गर्दा दुई फरकफरक चिठ्ठी बरामद गरेको छ। उक्त चिट्ठीमा मामा (ईश्वर खड्का) को कुनै दोष छैन भनी लेखिएको प्रहरी नायब उपरीक्षक शर्माले जानकारी दिए।
‘उषाले लेखेको चिठ्ठीमा मामाको दोष छैन भनेको छ। बरु अरु दुई केटाको नाम उल्लेख भएको छ’, उनले भने, ‘दुई केटामध्ये एकजना वैदेशिक रोजगारीको सिलसिलामा विदेश छन्। अर्को केटाको पहिचान हुन सकेको छैन।’
हराएकी उषाको नयाँ फेसबुक अकाउन्ट
प्रहरीले हराइरहेकी उषाको नयाँ फेसबुक अकाउन्ट भने पहिचान गरिसकेको छ। उक्त अकाउन्टबाट उषाले सिपाडोलकै आफ्नी एक साथीलाई आफू ओखलढुंगा रहेको जानकारी दिएको प्रहरीले बताए। जगाती वृत्तका प्रमुख प्रनाउ शर्माले उषाले ओखलढुंगा प्रहरीसँग समन्वय गरेर त्यहाँ पनि खोजतलास तीव्र बनाइएको बताए।
‘भाग्छु भनेरै योजनाबद्ध तरिकाले घरबाट निस्केकी उषा त्यहाँ पनि भेटिन्छ भन्ने ग्यारेन्टी छैन’, उनले भने, ‘जे भए पनि उषा फेला नपरेसम्म घटनाको यथार्थ यहीं हो भन्न सक्ने अवस्था छैन।’
सिपाडोलकै शान्ति निकेतन माविमा कक्षा ९ पढ्दै गरेकी उषा कार्तिक ५ गते घरमा कोही नभएको मौका छोपी चिठ्ठी लेखेर हराएकी हुन्। साथै उनले आफूले प्रयोग गर्दै आएको मोबाइलसमेत घरमै छाडेकी थिइन्। घरमा छोडेको मोबाइलको फेसबुक अकाउन्ट खोल्ने क्रममा मामा नाता पर्ने ईश्वर खड्कासँग मेसेन्जरमा भएको च्याटिङ सार्वजनिक भएको हो।
सोही च्याटिङको आधारमा खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ। खड्काले पनि उषा हराएकोबारे आफूलाई कुनै जानकारी नभएको बताएको प्रहरीले जनाएको छ।
खड्कालाई जोगाउन नेकपाको दबाब !
यता उषाको घरपरिवारले सत्तारुढ नेकपा (नेकपा) स्थानीय सांसददेखि नेता, मेयरलगायत खड्कालाई जोगाउन प्रहरीलाई दबाब दिन थालेको आरोप लगाएका छन्। दबाबकै कारण आफूले अपहरणको मुद्दा राख्न खोज्दा पनि जगाती प्रहरीले साइबर क्राइममात्रै आकर्षित हुने गरी मुद्धा दर्ता गरेको उषाका बुबा माधवले आरोप लगाए।
‘हामीले छोरी अपहरण भएको भनेर भन्दा पनि प्रहरीले साइबर क्राइम मुद्धामात्रै दर्ता गर्यो’, उनले भने, ‘तपाईले निर्मला पन्त बलात्कार हत्याकाण्ड जस्तै छोरी अपहरण मुद्धालाई अन्तै मोड्न लाग्नुभयो कि भन्दा उल्टै प्रहरीले बढी जान्ने नहुनु भन्ने धम्कीपूर्ण भाषा बोले।’
उनले सत्तामा रहेका सांसद, नेता र मेयरलगायतको दबाबमा आएर प्रहरीले आफ्नो छोरीको अपहरण घटना अन्यत्रै मोड्न खोजेको आरोप लगाइन्।…..….( भनेर आज को अन्नपुर्न पोस्ट् मा लेखिएको छ। / published in Todays Annapurna Post)
हत्या आरोपमा साथीसहित चार छिमेकी पक्राउ
राजविराज : राजविराज नगरपालिका ६ की ४५ वर्षीया एकल महिला आशादेवी देवको हत्याको आरोपमा जिल्ला प्रहरी कार्यालयले उनकै साथीसहित चार जनालाई पक्राउ गरेको छ ।
हत्या आरोपमा छिमेकी ४० वर्षीया मुन्नी साह, ३० वर्षीया चनरदेवी राउत, ३२ वर्षीय शंकर राउत र ३० वर्षीय सुरज मेहतरलाई पक्राउ गरेर आइतबार कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको एसपी राजेन्द्र विष्टले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय र कार्यालय प्रमुखको निवाससँग जोडिएको घरमा एक्लै बस्दै आएकी देवको टाउकोमा इँटाले प्रहार गरी हत्या गरेको अवस्थामा देवको शव दसैंको टीकाको दिन भेटिएको थियो ।
एसपीको निवाससँगै जोडिएको घरमा रहेको मृतकको घरको पूर्व पट्टी सामुन्ने डीएसपी र इन्स्पेक्टरको निवास छ ।
बलात्कारपछि हत्या भएको आशंकामा फोरेन्सिक परीक्षणका लागि शवको पोष्टमार्टम धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
…….( भनेर आज को अन्नपुर्न पोस्ट् मा लेखिएको छ। / published in Todays Annapurna Post )
संवैधानिक इजलास नियमित नबस्दा न्यायमा ढिलाइ
भारतको गणतन्त्र दिवसमा ट्रम्प नआउने
सनम हत्यासहित ३८ क्विन्टल सुन प्रकरणका अर्का अभियुक्त पुर्पक्षका लागि थुनामा
सनम शाक्य हत्या र ३८ क्विन्टल सुन तस्करी मुद्दाका अभियुक्त बेनु श्रेष्ठलाई आइतबार मोरंग जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । जिल्ला अदालतका न्यायधीश नारायणप्रसाद शर्माको इजलासले सुनसरी इटहरी उपमहानगरपालिका, ६ का ३२ वर्षीय श्रेष्ठलाई पुर्पक्षका लागि थुना राख्ने आदेश दिएको हो ।
कतारमा बसेर सुन तस्करी गर्न मुख्य अभियुक्त्त गोरे भनिने चुडामणी उप्रेतीलाई सहयोग गरेको आरोपमा नेपाल प्रहरीले रेडकर्नर नोटिस जारी गरी श्रेष्ठलाई पक्राउ गरेको थियो । थुनछेक बसहपछि पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालतले आदेश दिएको श्रेस्तेदार ईश्वरमणि ओझाले बताए ।
सुन तस्करी प्रकरणमा प्रहरीले हालसम्म ७० जनाविरुद्ध अभियोग दर्ता गराएको छ । जसमा पाँच जना जिल्ला अदालतको आदेशबाट तारेखमा छुटेको छन् । यस्तै गरी ४० जना पुर्पक्षका लागि थुनामा राखिएकाे छ । जिल्ला अदालतले पुर्पक्षका लागि जेल पठाएका मध्ये ६ जना उच्च अदालत बिराटनगरको आदेशबाट तारेखमा छुटेका छन् ।…….. ( भनेर आज को नया पत्रिका मा लेखिएको छ। / published in Todays Naya Patrika)
पीपीएल: धनगढी ब्लुज ७८ रनले विजयी
पाेखरमा जारि पाेखरा प्रिमियर लिगमा धनगढी ब्लुजले विराटनगर टाइटन्सलार्इ ७८ रनले पराजित गरेकाे छ । धनगढीले दिएकाे १८२ रनकाे लक्ष्य पछ्याउने क्रममा विराटनगर निर्धारित २० अाेभर नखेलि १६.४ अाेभरमा १०४ रनमा समेटिएकाे हाे ।
विराटनगरका लागि सुनिल धमलाले २१ रन, मोहमद जायदले १९ रन , एन्ड्रयु शुबिक्सनले १८ रन र कप्तान सन्दीप लामिछानेले १० रन बनाएका थिए । बलिङ तर्फ धनगढीका डान लरेन्सले ३ र दिपेन्द्र सिंह ऐरीले २ विकेट लिए ।
विराटनगरका लागि जितेन्द्र मुखियाले सर्वाधिक ४ विकेट , जाइद खान, सन्दीप लामिछाने, किशोर महतो र सुनिल धमलाले समान एक/एक विकेट लिए ।
यसअघि टस हार्दै ब्याटिङकाे निम्ताे पाएकाे धनगढीले निर्धारित २० अाेभरकाे खेल सकिदा सबै विकेटकाे गुमाइ एक सय ८२ रनकाे याेगफल तयार पारेकाे थियाे । उसका लागि पिटर ट्रेगाेले अर्धशतकीय पारी खेलेका थिए । उनले ५३ रनकाे याेगदान गरे । कप्तान दिपेन्द्र सिंह एेरिले २९, साैरभ खनालले विस्फाेटक ब्याटिङ गर्दै ४१ रन बनाए ।…….. ( भनेर आज को नया पत्रिका मा लेखिएको छ।/ published in Todays Naya Patrika