काठमान्डौ
हालै मात्र युटुब मा नया नेपाली चल्चित्र “द ब्रेक अप” को नया गित आज हाम्रो भेट भाको दीन सार्बजनिक गरीएको छ। बीसी मोसन पिक्चर्स र ह्याप्पी प्लानेट फिल्म् को प्रस्तुती , हेम राज बीसी को निर्देशन मा बनेको चल्चित्र को गित हिजो मात्र युटुब मा रिलिज गरीएको छ। उक्त गित मा सरोज खनाल, आशीरमान देशराज जोशी, शिल्पा मास्के, रेमोन दास श्रेष्ठ लाई फिचर्ड गरीएको छ । उक्त गित निकै निकै नै मनोरनज ले भरीपुर्ण भएको देखिन्छ ।
सायद तपाई हरुलाई यो बोली को गित याद छ होला। हो यो गीत पुरानो नेपाली चलचित्र ज्वाला को रहेको छ र हाल यस गीत लाई फेरी बनाईेको हो। पुरानो गीत लाई आशा भोस्ले र उदित नारायण ले गाउनु भएको थियो। अहिले उक्त गीत लाई बीराज गौतम र मेलीना राई ले गाएका छन।
चलचित्र को टेक्निकल भाग को कुरा गर्दा चलचित्र को निर्देशन हेम रज बीसी को रहेको छ भने निर्माता को रुप मा रुपक थापा, दीपक खतिवदा, रेनु राणा र हेम राज बीसी को योगदान रहेको छ। चल्चित्रको संगित बिशेश पान्डे र बीराज गौतम ले दीएका छन।
चलचित्र मा धेरै नै राम्रा कलाकार हरुको अभिनय रहेको छ, जस्तै सरोज खनाल, आशीरमान देशराज जोशी, शिल्पा मास्के, रेमोन दास श्रेष्ठ , ईक्षा कार्की लगायत अन्य धेरै कलाकार हरुको भुमिका रहेको छ।