काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार आएको छ। प्रधानमन्त्री ओलीको छातीको सङ्क्रमण, ज्वरो र खोकी नियन्त्रण भएकाले डिस्चार्जका लागि परामर्श भैरहेको अस्पतालले जनाएको छ।
बिहीबारको नियमित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै प्रा. डा. उत्तम कृष्ण श्रेष्ठले प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको र डिस्चार्जबारे परामर्श भैरहेको बताए।
उनले प्रधानमन्त्रीकाे रगत रिपोर्ट समेत नर्मल रहेको जानकारी दिएका छन्। प्रधानमन्त्री ओली सोमबार बिहान छातीमा सङ्क्रमण भैइ श्वासप्रश्वासमा समस्या देखिएपछि महाराजगञ्जस्थित त्रिवि, चिकित्सा शास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए।
प्रधानमन्त्रीको उपचारमा प्रा. डा. अरुण सायमीको संयोजकत्वमा प्रा. डा. दिव्यासिंह शाह तथा डा. सन्तकुमार दास सम्मिलित छन्।नागरिक न्युज