माथिल्लो तामाकोशीको शेयर खुल्यो,न्यूनतम ५० कित्तादेखि अधिकतम हजार कित्तासम्म आवेदन गर्न सकिने

अर्थ
शेयर गर्नु होला

काठमान्डौ

माथिल्लो तामाकोशी हाइड्रोपावर कम्पनीले कात्तिक १५ गतेदेखि सर्वसाधारणमा एक अर्ब ५८ करोड ८५ लाख रुपैयाँको साधारण शेयर (आईपिओ) खुला गरेको छ। कम्पनीले चुक्ता पूँजीको १५ अर्थात एक सय रुपैयाँ अंकित दरका एक करोड ५८ लाख ८५ हजार कित्ता शेयर निष्काशन गरेको हो ।

यस आईपिओमा लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म आवेदन गर्न पाइने व्यवस्था रहेको छ । आईपिओ कात्तिक १९ गतेसम्म आवेदन दिन सकिने व्यवस्था रहेको छ। यस अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा आवश्यकता अनुसार मंसिर १४ गतेसम्म आवेदन लम्बिन सक्छ ।

धितोपत्र बोर्डबाट सि आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाबाट ७७ जिल्लाबाटै आईपिओमा आवेदन गर्न सकिने व्यवस्था रहेको छ । मेरो शेयर प्रयोगकर्ताले पनि अनलाईबाटै आवेदन दिन सक्नेछन् ।आईपिओ  बिक्री गर्न सेयर विक्री प्रबन्धकको काम नागरिक लगानी कोष र सनराइज क्यापिटलले गरेका छन् ।

तामाकोशीले यसाघि नै दोलखाका स्थानीयबासीका लागि चुक्ता पूँजीको १० प्रतिशत अर्थात एक करोड पाँच लाख ९० हजार कित्ता शेयर निष्काशन गरेर बुधबार बाँडफाँड गरिसकेको छ । यस शेयरको बाँडफाँड पश्चात दोस्रो चरणमा सर्वसाधारणका लागि शेयर निष्काशन गरेको हो ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *