काठमान्डौ
प्रधानमन्त्री केपी ओली शुक्रबार अस्पतालबाट डिस्चार्ज भएका छन् । रूघा, खोकी र छातीमा संक्रमण भएपछि गत सोमबार बिहान मनमोहन काडियोथोरासिक तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए ।
पाँच दिन लामो उपचारपछि प्रधानमन्त्री ओली डिस्चार्ज भएको उपचारमा संलग्न चिकित्सक डा. सन्तकुमार दासले बताए । बिहीबारको रिपोर्टले डिस्चार्ज दिन उचित भएको देखिएको थियो ।
शुक्रबार पनि कुनै समस्या नदेखिएपछि घर पठाइेको चिकित्सकले बताएका छन् । ११ वर्ष अगाडि मिर्गौला प्रत्यारोपण गरेका ओलीमा तत्काल संक्रमण फैलन सक्ने भन्दै चिकित्सकले केही दिन अस्पतालमै राखेर उपचार गरेका थिए ।
दसैँको बढी धपेटीले उनी बिरामी परेका थिए । डा. दासका अनुसार एक हप्तापछि ‘फलोअप’मा अाउने गरी डिस्चार्ज गरिएको छ।प्रधानमन्त्री ओलीको उपचारमा मुटुरोग विशेषज्ञ डा।अरुण सायमीको संयोजकत्वमा डा दिव्यासिंह शाह तथा छातीरोग विशेषज्ञ डा सन्तकुमार दासको टोली संलग्न थिए ।