नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठको ‘जय नेपाल’ गृहमन्त्री रामबहादुर थापालाई

समाचार
शेयर गर्नु होला

काठमाडौं 

नेपाली कांग्रेसले शुक्रबार सानेपामा आयोजना गरेको चियापानमा सहभागी हुन साढे ३ बजेतिर पुगेका गृहमन्त्री रामबहादुर थापालाई नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले ‘जय नेपाल’ शब्दले स्वागत गरे।

कार्यक्रमबाट विदा हुनै लागेका बेला गृहमन्त्री थापा पुगेपछि श्रेष्ठले स्वागत गर्ने क्रममा यस्तो सम्बोधन गरेका हुन्। त्यसलगत्तै श्रेष्ठले पत्रकारहरूसँग भने, ‘यस्ता कार्यक्रमहरूले सहमति, सहकार्य र आपसी एकता मजबुत बनाउँछ।’

चियापानको दृश्य हेर्दा लाग्थ्यो सहमति, सहकार्य र एकताको नारालाई जोडतोडका साथ उठाउने गरेको कांग्रेस र अन्य शक्तिहरूबीच दह्रै समहमति र एकता हुँदैछ। त्यसपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कांग्रेस हेडक्वार्टर प्रवेश गर्दा माहोल नै फेरियो।

उनले पनि दलबीचको एकता र सहकार्यबाट मुलुकमा शन्ति स्थापना भएको, संविधान जारी भएको र मुलुक संघीयतामा प्रवेश गरेको सम्झना गरे। त्यसपछि बोलेका कांग्रेस सभापति शेरबहादुर देउवाले सहमति र एकताको चाबी सत्तापक्षकै हातमा रहेको भन्दै उसले चाहे सहकार्यको सम्भावना रहेको प्रतिक्रिया दिए। याे खबर अाजकाे राजधानी दैनिकमा छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *