अमेरिकामा मध्यावधि निर्वाचन सुरु : ट्रम्प शासन माथिको जनमत संग्रह
न्यूयोर्क — मंगलबार बिहानै अमेरिकामा मध्यावधि निर्वाचन सुरु भएको छ। अमेरिकी कंग्रेसको माथिल्लो सदन सिनेट एवम् तल्लो सदन ‘हाउस अफ रिप्रिन्टेट्भिस’ का अतिरिक्त स्थानीय निकायमा प्रतिनिधि चुनिंदै छन् ।
यूएईमा नेपाली महिलाको हत्या
काठमाडौँ — संयुक्त अरब इमिरेट्स (यूएई) को सारजाहस्थित तान्जिफ्को इमिरेट्स कम्पनीमा कार्यरत नेपाली महिला शोकमा डुबेका छन् । त्यस क्याम्पमा २ सय ७२ नेपाली महिला बस्छन्।
घटनामा सविनाको प्रहारबाट घाइते भएकी ममता चौधरीको स्थिति अझै गम्भीर छ। सामान्य घाइते सलिना मगर र आशा दर्जी क्याम्प फर्किसकेका छन् ।
वीरगन्जबाट ४५ करोडको झिलिमिली बत्ती भित्रियो, सबैभन्दा धेरै चिनियाँ
वीरगन्ज : तिहार अर्थात् दीपावलीमा पहिले पहिले गाउँघरमै कुमाले बनाएका माटाको दियोमा बत्ती बालेर घर आँगन र गाँउटोल झिलिमिली पारेर लक्ष्मीपूजा गरिन्थ्यो ।
तर केही वर्ष यताका तिहारमा माटाको दियोको भन्दा विद्युतीय बत्ती बाल्ने प्रचलन निक्कै बढेको छ । प्रयोग बढेसँगै भारत र तेस्रो मुलुकबाट विद्युतीय बत्तीको आयातमा पनि भारी मात्रामा बढोत्तरी भएको छ ।
यसवर्षको तिहारमा भारत र तेस्रो मुलुकबाट वीरगन्ज नाका हुँदै गत साल भन्दा झन्डै तेब्बर भन्दा बढी मूल्यको विद्युतीय भिलीमीली बिजुली बत्ती आयात भएको छ ।
वीरगन्जमा रहेका वीरगन्ज भन्सार र सिर्सिया सुख्खा बन्दरगाह दुवै नाकाबाट चालु आर्थिक वर्षको साउनदेखि कात्तिक १५ सम्मको अवधिमा ४४ करोड ७१ लाख एक हजार ६ सय रुपैयाँ मूल्यको विद्युतीय बत्ती आयात भएको हो ।
पोहोर सालको तिहारको त्यही अवधिमा दुवै नाकाबाट १६ करोड ५६ लाख ७८ हजार तीन सय ७९ रुपैयाँको मात्र विद्युतीय बत्ती आयात भएको थियो । पोहोर सालको तिहारको भन्दा यसपालिको तिहारमा वीरगन्ज नाका हुँदै २८ करोड १४ लाख २३ हजार तीन सय १६ रुपैयाँ बढीको विद्युतीय बत्ती आयात भएको हो ।
चालु आर्थिक वर्षको साउनदेखि कात्तिक १५ सम्मको अवधिमा वीरगन्ज भन्सारबाट मात्रै ३१ करोड २७ लाख चार हजार रुपैयाँको २५ लाख ९९ हजार ३२ थान झिलिमिली बत्ती आयात भएको छ ।
सिर्सिया सुख्खा बन्दरगाहबाट भने १३ करोड ४३ लाख ९७ हजार रुपैयाँको २० लाख १८ हजार एक सय ९१ थान बिजुलीका झिलिमिली बत्ती आयात भएको सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख सूर्य सेडाँइले जानकारी दिए ।
दीपावलीमा झिलिमिली रङ्गीबिरङ्गी बत्ती लगायत अन्य विद्युतीय बत्तीहरू बर्सेनि भारत, चीन, अमेरिका, थाइल्यान्ड, जर्मनीलगायत देशबाट आयात हुन्थ्यो । तर, पछिल्ला वर्ष यता तिहारमा प्रयोग गरिने अधिकांश विद्युतीय बत्ती भारत र चीनबाट नेपाल भित्रिने गरेका छन् ।
सिर्सिया सुख्खा बन्दरगाहबाट यस वर्षको तिहारमा भित्रिएका सबै विद्युतीय बत्तीहरू चीनबाट सामुद्रिक मार्ग प्रयोग गरेर भारत हुँदै नेपाल आयात भएको भन्सार प्रमुख सेडाँइले जानकारी दिए । यस्तै वीरगन्ज भन्सार हुँदै भित्रिने विद्युतीय बत्तीमध्ये अधिकांश चीनमै उत्पादित भएको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी सन्तोष यादवले बताए ।
भन्सार विभागको तथ्याङक अनुसार नेपाली बजारमा चीनमा उत्पादित विद्युतीय बत्तीले ७७ प्रतिशत भन्दा बढी हिस्सा अगोटेको छ भने भारतीय उत्पादनको हिस्सा १७ प्रतिशतको हाराहारीमा मात्र छ ।
भारत र चीनबाट वीरगन्ज नाका हुँदै भित्रिने विद्युतीय झिलिमिली बत्तीहरू वीरगन्जसँगै हेटौडा, नारायणगढ, पोखरा, काठमाडौँ लगायतका प्रमुख सहरका साथै विभिन्न जिल्लाका बजारमा आपूर्ति हुने गरेको छ ।
बत्तीबाट १२ करोड ४७ लाख राजश्व
तिहारमा वीरगन्ज नाका हुँदै साढे तीन महिनाको अवधिमा भित्रिएका विद्युतीय झिलिमिली बत्तीबाट १२ करोड ४७ लाख ९५ हजार रुपैयाँ राजश्व सङ्कलन भएको छ ।
चालु आर्थिक वर्षको साउन देखि कात्तिक १५ सम्म साढे तीन महिनाको अवधिमा भित्रिएका विद्युतीय बत्तीबाट वीरगन्ज भन्सार कार्यालयले सात करोड ३७ लाख ५८ हजार तीन सय ४० रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।
सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयले भने त्यही अवधिमा विद्युतीय बत्तीको आयातबाट पाँच करोड १० लाख ३६ हजार आठ सय ३६ रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।
गत आर्थिक वर्षको त्यही अवधिमा आयात भएका विद्युतीय बत्तीबाट दुवै भन्सार कार्यालयले चालु आर्थिक वर्षको भन्दा नौ करोड २० लाख ३५ हजार रुपैयाँ कम अर्थात् तीन करोड २७ लाख ६० हजार नौ रुपैयाँ मात्र राजश्व सङ्कलन गरेको थियो । ..….( भनेर आज को अन्नपुर्न पोस्ट् मा लेखिएको छ। / published in Todays Annapurna Post)
अब विकाशको रफ्तार बढ्छ : कार्की
दमक : जनताले देख्ने गरी सरकारले विकास निर्माणको कार्यलाई अघि बढाउने प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतबहादुर कार्कीले बताएका छन्।
विकास निर्माणको काममा केही ढिलाई भएको स्वीकार गर्दै उनले अब विकाशको रफ्तार बढ्ने बताए। नेपाल कम्युनिस्ट पार्टी प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटी क्षेत्र नम्बर ५ झापाले मंगलबार गौरादहमा गरेको शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले यस्तो बताएका हुन्।
प्रदेश सरकार गठन भएपनि कानुन निर्माण, मन्त्रालय व्यवस्थापन, कर्मचारी व्यवस्थापनको कार्य सम्पन्न भइनसकेकाले केही ढिलाई भएको उनको भनाइ छ।
उनले प्रदेशका संरचनागत कुराको व्यवस्थापन अन्तिम चरणमा रहेको बताए। मुलुकमा लामो समयसम्म राजनीतिक अस्थिरताका कारण विकास निर्माणको कामपछि परेकाले संघीय र प्रदेशको निर्वाचनपछि सरकार गठन भइसकेको हुँदा विकास निर्माणको कामलाई प्राथमिकताको आधारमा सुरु गरेको बताए।
‘देश संघीय संरचनामा गएको छ जनताले आशा गरे जस्तो चाँडो विकास हुन नसकेको सत्य हो तर अब सबै कुराको व्यवस्थापन भइरहेको छ’, उनले भने, ‘चाँडै विकाशका लहर आउनेछ।’ ….( भनेर आज को अन्नपुर्न पोस्ट् मा लेखिएको छ। / published in Todays Annapurna Post )
संगठनको मर्यादामा आँच पु¥याउने गतिविधि सह्य हुँदैन : महानिरीक्षक खनाल
ठिनी, मुस्ताङ, कात्तिक २० गते । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी सङ्गठनभित्रको व्यावसायिक मर्यादामा आँच पु¥याउने गतिविधि सह्य नहुने बताउनुभएको छ । सोमबार जोमसोममा जिल्ला प्रहरी कार्यालय भवनको उद्घाटन गर्दै महानिरीक्षक खनालले इमान्दारिताका साथ कार्यसम्पादन गर्न निर्देशन दिनुभयो ।
“इमान्दार, निष्ठावान र व्यावसायिक प्रतिष्ठालाई ध्यान दिई जनताको मन जितेर समुदायसँग सहकार्य गरेर काम गनुपर्छ,” उहाँले भन्नुभयो । जिल्ला समन्वय समितिका संयोजक छिरिङ ल्यामो गुरुङले जिल्लामा ट्राफिक प्रहरीको छुट्टै कार्यालय स्थापनाको माग गर्नुभयो । प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले पाँच दशकपछि नयाँ पक्की भवन निर्माण भएकामा खुशी व्यक्त गर्नुभयो । प्रहरी नायब उपरीक्षक महेन्द्र खड्काका अनुसार रु दुई करोड ५४ लाखको लागतमा निर्माण भएको उक्त भवनमा २२ कोठा छन् । रासस……… ( भनेर आज को गोर्खापत्र मा लेखिएको छ।/ published in Todays Gorkhapatra)
चौध जुवाडे पक्राउ
सुर्खेत, कात्तिक २० गते । प्रहरीले सोमबार रु पाँच लाख ४८ हजार नगदसहित वीरेन्द्रनगर नगरपालिकाबाट १५ जुवाडेलाई पक्राउ गरेको छ ।
जुवातास खेलिरहेको अवस्थामा प्रहरीले वीरेन्द्रनगर नगरपालिका–३ बाट ६ जना तथा वडा नं ११ बाट आठ जुवाडेलाई पक्राउ गरेको हो । पक्राउ परेकाबाट रु पाँच लाख ४७ हजार बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो । पक्राउ परेका सबैलाई प्रहरी हिरासतमा राखि अनुसन्धान थालेको प्रहरीले जनाएको छ । प्रहरीले सामाजिक अपराधसम्बन्धी चेतनामूलक कार्यक्रम गाउँबस्ती र टोलटोलमा सञ्चालन गरिरहेको छ । (रासस) ……… ( भनेर आज को गोर्खापत्र मा लेखिएको छ।/ published in Todays Gorkhapatra )
कांग्रेस उपसभापतिमा विजयकुमार गच्छदार मनाेनित
कांग्रेस उपसभापतिमा विजयकुमार गच्छदार मनाेनित भएका छन् । आज बसेकाे कांग्रेस केन्द्रीय समितिबाट गच्छदार उपसभापतिमा मनाेनित भएका हुन् । उनको मनोनयन राजनीतिक निर्णयका अाधारमा गरिएको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए । गच्छदारलाई विधानको बाधा अड्काउ फुकाउको माध्यमबाट उपसभापति बनाउनु पर्ने कांग्रेस नेता रामचन्द्र पौडेल पक्षको अडान थियो तर, सभापति शेरबहादुर देउवाले यस अघि नै पार्टी एकता गर्दा सहमति भएकाले निर्णय मान्न आग्रह गरेका थिए । मनोनितमा केही असहमति भएता पनि राजनीतिक निर्णय मान्न तयार रहेको पौडेल पक्षका नेता अर्जुन नरसिंह केसीले बताए । कांग्रेस महासमिति बैठक २८ मंसिरदेखि ३ पुससम्म हुने भएकाे छ । बैठकले तत्कालीन लोकतान्त्रिक फोरमका अन्य नेता तथा जनवर्गीय संगठनलाई पार्टीमा विधिवत रुपमा समाहित गराउन पार्टीका उपसभापति विमलेन्द्र निधि नेतृत्वको ५ सदस्यीय समिति समेत गठन गरेको छ ।…….. ( भनेर आज को नया पत्रिका मा लेखिएको छ। / published in Todays Naya Patrika)
प्यूठान सरुमारानीका कृषकलाई मौरीका आधुनिक घार वितरण
प्यूठानको सरुमारानी गाउँपालिकाका किसानलाई आधुनिक मौरीका घार वितरण गरिएको छ । सरुमारानी गाउँपालिका–४ का छतिवन दमारका किसानलाई एक सय १९ वटा मौरीका घार वितरण गरिएको हो ।
च्यानडाँडा सामुदायिक वन उपभोक्ता समुहका २० जनाले ५६ वटा र खहरे सामुदायिक वन उपभोक्ता समुहका २१ जनाले ६३ वटा मौरीका घार प्राप्त गरेका छन् । जीआईजेड र फुलबारी एकीकृत ग्रामीण विकास संस्थाको साझेदारीमा सञ्चालित नेपाल व्यापार एकीकृत रणनीति कार्यान्वयन कार्यक्रम मार्फत घार वितरण गरिएको हो ।
किसानको आयआर्जन वृद्धि गर्ने उदेश्यले चार लाख रुपिँया बरावरको लागतमा घार वितरण गरिएको संस्थाका सामाजिक परिचालक शिवा रेग्मीले जानकारी दिईन् । समुहका किसानलाई एक हप्ते आधारभुत तालिम दिइएको छ, उनले भनिन,‘तालिमपश्चात घार वितरण गरिएको हो ।’
सरुमारानी गाउँपालिकाको क्षेत्र मौरी पालनका लागि उपयुक्त रहेको छ । त्यस क्षेत्रमा चिउरी प्रशस्त मात्रामा पाईने भएकाले मौरीतर्फ किसान आर्कषित हुँद गएका छन् । मुढे घारमा मौरी पाल्दै आएका किसानले पछिल्लो समय आधुनिक घारको समेत प्रयोग गर्न थालेका छन् ।…….. ( भनेर आज को नया पत्रिका मा लेखिएको छ।/ published in Todays Naya Patrika