लुकेको या हराएको एेतीहासीक धरोहर, नेपालको पहिलो सुरूङ मार्ग – सुनिल उलक

फोटो फिचर समाचार
शेयर गर्नु होला

लेखक : सुनिल उलक

 

हाम्रो नेपाल मा यस्ता धेरै एेतीहासीक धरोहर हरु रहेका छन जस्को बारेमा आज सम्म पनी केही नेपाली लाई थाहा छैन तर जसलाई केही जानकारी छ उनी हरु ले त्यस्ता एेतीहासीक कुरा हरु को महत्वो नबुझी या बेमतलब गर्दै अाएको देखिन्छ। त्यस्तै धेरै रोचक एेतीहासीक धरिहर हरु मध्य एेउटा हो नेपालको पहिलो सुरूङ मार्ग जस्को नीर्माण भएको अहिले १०० बर्ष पुग्यो ।

बिरगञ्जबाट भिमफेदी सम्मको राजमार्ग बनाउने क्रममा पूर्वी नेपालको पहिलो वडाहाकिम क। गजराज सिंह थापाका नाती तथा क। हर्कजंग थापाको छोरा चिफ इञ्जिनियर दिल्लीजंग थापाको नेतृत्वमा बि।सं। १९७४ मा चुरीया टनेल तैयार गरिएको थियो ।

राणा प्रधानमन्त्री चन्द्रशम्शेरको समयमा अमलेखगञ्जसम्मको बाटो बनाइएको थियो । पछि सोही बाटो बिस्तारको क्रममा बिचमा रहेको बिशाल चुरीयाको पहाडले बाटो रोक्यो । भर्खर मात्र भारतको रूडकीबाट इञ्जिनियरीङ गरेर आएका दिल्लीजंग थापालाई यसको जिम्मा दिइयो । उनको सफल नेतृत्वमा यो असंभव कार्य सम्भव भयो । ९ फिट चौडा १० फिट अग्लो र ७८५ फिट लामो यो सुरूङको उपयोग २०२७-२८ सालसम्म भएको देखिन्छ । त्यसपछि यसलाइ बन्द गरियो ।

यसलाइ अवलोकन गर्न चाहनेहरूले हेटौडाबाट ९ कि।मी। यात्रा तय गरेपछि चुरीया मन्दिरबाट करिव १५० मीटर दुरी पैदल हिड्नुपर्छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *