सीएनएन का पत्रकार ले डोनाल्ड ट्रम्प लाई पत्रकार सम्मेलन मा “सैतान” भने पछी दुबै बिच चर्का-चक्री (भिडिओ हेर्नुहोस), उन्को प्रेस पास निलंबित

अन्तर्राष्ट्रिय फोटो फिचर समाचार
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

 

वाइट हाउस ले सीएनएन का वाइट हाउस संवाददाता जिम अकोस्टा को प्रेस पास निलंबित (अस्थायी रुप मा अमान्य) गरेको छ। त्यही, जिम को बचाव गर्दै सीएनएन ले भनेको छ कि यो निर्णय ‘लोकतंत्र का लागी खतरा’ रहेको छ।

बुधवार भएको संवाददाता सम्मेलन मा राष्ट्रपति डोनाल्ड ट्रंप र सीएनएन का प्रमुख वाइट हाउस संवाददाता जिम अकोस्टा का बीच धेरै भना भन भएको एक दिन पछी उक्त कार्रबाही गरीयो। वाइट हाउस ले अकोस्टा को ब्याबहार लाई ‘घीन लाग्दो , उक्साउ र आक्रोशित गर्ने खाल’ को भनेको छ।

अकोस्टा र ट्रंप का बिच् भना भन पछी वाइट हाउस ले यो कदम उठाएको हो। दुबै बीच भना भन त्यस बेला भयो जब सीएनएन संवाददाता ले बस्न का लागी राष्ट्रपति ले दीएको निर्देश लाई मानेन र अमेरिकी सीमा तर्फ बढि रहेका मध्य अमेरिकी प्रवासि हरुको भीड माथी रास्ट्रपती को राय जान्न का लागी लगातार प्रशन गरीरहे। अनी धेरै रीसाएका ट्रंप ले भने, ‘धेरै भयो अब।’

त्यस पछी वाइट हाउस की एउटी महिला इंटर्न ले सीएनएन का पत्रकार को हाथ बाट माइक तान्ने कोशिश गरिन। अकोस्टा को ब्याबहार लाई ‘घीन लाग्दो , उक्साउ र आक्रोशित गर्ने खाल’ भन्दै वाइट हाउस की प्रेस सचिव सारा सैंडर्स ले बुधवार एउटा बयान मा भनीन, ‘आज को घटना को नतीजा को आधार मा वाइट हाउस, संबंधित रिपोर्टर को हार्ड पास अघील्लो आदेश सम्म का लागी निलंबित गर्दछ।’

सारा ले भनीन कि ट्रंप स्वतन्त्र प्रेस मा बिश्वाश गर्दछन र आफ्नो र आफ्नो प्रशासन को बारेमा अफ्ट्यारो प्रशन हरुको उपेक्षा गर्दछन। उन्ले भनिन, ‘तर, हामी यो कहीले पनी सहने छैनौ कि कुनै रिपोर्टर वाइट हाउस इंटर्न को रुप मा अाफ्नो काम गर्दै गरेकी युवती माथी आफ्नो हाथ राखोस। उक्त ब्याबहार कुनै रुप मा स्वीकार्य छैन।’

उन्ले दावा गर्दै भने कि ट्रंप ले प्रेस लाई पहीले का कुनै राष्ट्रपति को कार्यकाल को तुलना मा धेरै नै ज्यादा स्वोतन्त्रता दीएका छन। यसै बीच, सीएनएन ले भनेको छ, ‘आज को पत्रकार सम्मेलन मा चुनौतीपूर्ण प्रशन सोधीएका कारण प्रतीसोध को भाबना ले गर्दा अकोस्टा को पास निलंबित गरीएको छ। उक्त निर्णय हाम्रो लोकतंत्र का लागी खतरा रहेको छ।’

साझ करीब सात बजे अकोस्टा लाई सीक्रेट सर्विस का अधिकारि हरुले वाइट हाउस मा पस्न बाट प्रतिबन्ध लगाए। वाइट हाउस संवाददाता संगठन का पूर्व अध्यक्ष जेफ मैसन ले वाइट हाउस को उक्त आरोप लाई झुठा भएको जीकीर गरेको छ। मैसन ले ट्वीट गरे र भने, ‘मआज को प्रेस कफ्रेंस मा अकोस्टा को बगल मा बसेको थीए र उन्ले युवा इंटर्न माथी हाथ रखेको देखेनन।’

वाइट हाउस संवाददाता संगठन ले भनेको छ कि यस्तो निर्णय ‘अस्वीकार्य’ रहेको छ। संगठन ले वाइट हाउस लाई ‘आफ्नो निर्णय तुंरत फिर्ता’ लीन अपील गरेको छ। उता वाइट हाउस ले भनेको छ कि उ आफ्नो निर्णय माथी कायम रहेको छ।

 


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *