अन्धाधुन्ध गोलि चलाउदा अमेरिकाको क्यालिफोर्नियामा १२ जनाको मृत्यु

अन्तर्राष्ट्रिय
शेयर गर्नु होला

एजेन्सि

संयुक्त राज्य अमेरिकाका लस एन्जल्सस्थित एुटा रात्रिक्लवमा गोली प्रहार हुँदा एक प्रहरी अधिकारीसहित कम्तिमा १२ जनाको ज्यान गएको बिहीबार क्यालिफोर्नियाको प्रहरीले जनाएको छ।

घटनामा झण्डै एक दर्जन व्यक्ति घाइते भएका छन्। स्थानीय समयानुसार बुधबार राती ११ः२० बजे क्यालिफोर्नियाको थाउजण्ड ओक्सस्थित ‘बोर्डरल्याण्ड बार एण्ड ग्रील’ नामको मदिरालयमा गोली चल्न सुरु भएको थियो। राती भएको घटनामा सबैजना मदिरालयमा मारिएका भेटिएको प्रहरीले जनाएको छ।

अमेरिकामा दुई हप्ताभित्रै सामूहिक गोली आक्रमण भएको छ। पहिल्लो आक्रमणमा प्रहरी अधिकारीको मृत्यु भएको पाइेको छ भने आक्रमणकारी पनि घटनास्थलमा नै मारिएको अवस्थामा भेटिएका छन्। तर समाचार तयार पार्दासम्म आक्रमणकारीको प्रहरी कारबाहीमा गोली लागेर मृत्यु भएको हो वा उसलाई अन्य कसैले प्रत्याक्रमण गरेको थियो अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धान अनुसार आक्रमणकारीले आफैलाई समेत गोली हानेको हुनसक्ने बताइेको छ।

अन्धाधुन्ध गोली प्रहार गर्ने संदिग्ध व्यक्ति पूर्व अमेरिकी सैनिक

अन्धाधुन्ध गोली प्रहार गर्ने संदिग्ध व्यक्ति पूर्व अमेरिकी सैनिक भएको खुलेको छ ।आक्रमणकारीले आफैँलाई पनि गोली हानेका थिए । प्रहरीका अनुसार आक्रमण २८ वर्षीय पूर्वसैनिक इयान डेभिड लङ हुन् । उनी पटक पटक प्रहरीले सोधपुछ गरेका व्यक्ति हुन् । गत अप्रिलमा आफ्नै घरमा हंगामा गरेपछि प्रहरी बोलाउनु परेको थियो ।

अधिकारीहरुका अनुसार उनी शायद पोष्ट ट्राम्याटिक स्ट्रेस डिसार्डरबाट पीडित थिए र उनको सहमति विना मानसिक स्वास्थ्य केन्द्रमा राख्नु उचित थिएन । पीटीएसडी एक प्रकारको मानसिक तनावको विकार हो, जसको जडमा कुनै घटना हुन्छ । दर्दनाक अनुभवपछि मानिस पीटीएसडीको शिकार हुन्छन् ।

यूउस मरिनका अनुसार डेभिडले २००८ देखि २०१३ सम्म मसिन गनरका रुपमा काम गरेका थिए । उनी कोर्पोरलको दर्जासम्म पुगेका थिए । उनी २०१०–११ मा अफगानिस्तानमा तैनाथ थिए । सेनाको जागिर छाडेपछि उने क्यालिफोर्निया स्टेट युनिभर्सिटीमा २०१३ देखि २०१६ सम्म अध्ययन गरेका थिए ।

 


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *