‘ठग्स अफ हिन्दोस्तान’ ले तोड्यो पहिलो दिनमै सबै रेकर्ड

मनोरञ्जन
शेयर गर्नु होला

एजेन्सी

खराब रिभ्यू र खराब माउथ पब्लिसिटीका बाबजुद आमिर खान र अमिताभ बच्चन स्टारर फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ पहिलो दिन सबैभन्दा धेरै कमाउने हिन्दी फिल्म बनेको छ ।

फिल्मको हिन्दी संस्करणले पहिलो दिन ५० करोडभन्दा माथिको व्यापार गरेको छ । यससँगै फिल्मले ओपनिङको दिन सबैभन्दा धेरै कमाउने फिल्मको रुपमा शाहरुख खानको ह्याप्पी न्यू इयरको रेकर्ड तोडेको छ ।  बाहुबली–२ को हिन्दी संस्करणले मात्र भने पहिलो दिन ४१ करोड कमाएको थियो । यसाघि पहिलो दिन सबैभन्दा धेरै कमाउने हिन्दी फिल्म ह्याप्पी न्यू इयरले झण्डै ४५ करोड कमाएको थियो । अब यो रेकर्ड ठग्स अफ हिन्दोस्तानको नाममा गएको छ ।

फिल्मले पहिलो दिन सबै संस्करणबाट गरेर ५२ करोड कमाएको ट्रेड एनालिस्ट तरण आदर्शले जनाएका छन् । तरण आदर्शले ट्वीटरमा लेखेका छन् ‘फिल्मको हिन्दी संस्करणले ५०.७५ करोड र तमिल तथा तेलुगु संस्करणले १.७५ करोड कमाएका छन् ।’ कमाइको हिसाबले ठग्स अफ हिन्दोस्ताननले तीन रेकर्ड बनाएको छ ।

यो फिल्म दिवालीमा रिलिज भएर सबैभन्दा धेरै कमाउने फिल्म, पहिलो दिन सबैभन्दा धेरै कमाउने हिन्दी फिल्म तथा यशराज ब्यानरको पहिलो दिन सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *