फेरी अर्को माछा पोखरी मा बिष हालेको घटना, किसानको माछापोखरीमा अज्ञात समूहले विष हालेर लाखौँको क्षति पुर्याए

फोटो फिचर समाचार
शेयर गर्नु होला

चितवन

 

 

केही समय अघाढी मात्र माछापोखरीमा अज्ञात समूहले विष हालेर सम्पुर्ण पालेका माछा हरु मारेको खबर आएको थियो र अहिले अाएर फेरि त्यस्तै खाल को खबर अाएको छ। चितवनको राप्ती नगरपालिका-१ पिप्ले ज्योतिनगरका एक किसानको माछापोखरीमा अज्ञात समूहले विष हालेर लाखौँको क्षति पुर्याएको छ ।इलाका प्रहरी कार्यालय खैरहनीका अनुसार स्थानीय रत्नबहादुर बर्तौलाको पोखरीमा बुधबार बिहान अकस्मात् माछा मरेका हुन् । त्यस क्रममा करीब १० लाख बराबरको क्षति भएको पीडित बर्तौलाले बताएका छन् । उनको छ कट्ठा क्षेत्रफल जमीनमध्ये चार कट्ठामा माछापोखरी छ । पोखरीमा ८० हजारको माछाका भुरा राखिएको थियो । बिक्री गर्ने बेलामा विषादी हालिदिएको बर्तौलाले गुनासो गरेका छन् ।

 

 

बर्तौलाले बिहान ५ बजेतिर माछा एकाएक मर्न थालेपछि पोखरीमा हेर्दा विषको बट्टा फेला पारेको बताए । अघिल्लो वर्ष पनि अज्ञात समूहले नै उनको माछापोखरीमा विष हालिदिएको थियो ।  साना किसान कृषि सहकारी, समाज कल्याण बचत तथा ऋण सहकारीलगायतबाट नौ लाख ऋण लिएर माछापालन गरेको उनले बताएका छन् ।

इलाका प्रहरी कार्यालय खैरहनीका निमित्त प्रमुख प्रहरी नायब निरीक्षक रुद्र शर्माले विषका कारण माछा मरेको प्रारम्भिक अनुसन्धानमा देखिएकाले थप अनुसन्धान भइरहेको जानकारी दिए । रासस


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *