एजेन्सी
चीन ले श्रीलंका र पाकिस्तान पछी अब भारत को तेस्रो छिमेकी देश म्यांमार मा रणनीतिक अनुरुप महत्वपूर्ण बंदरगाह बनाउने निर्णय गरेको छ। उक्त बंदरगाह बंगाल को खाड़ी मा बन्ने कुरा को जानकारी रहेको छ। चीन को सरकारी पत्रिका ग्लोबल टाइम्स ले शुक्रवार भनेको छ कि चीन र म्यांमार ले क्याउक्प्यू शहर मा समुद्री बंदरगाह बनाउने कुरा को करार मा हस्ताक्षर गरेको छ। दुबै देश हरुले आर्थीक र अन्य मामीला हरु लाई लीएर धेरै बर्ष देखी रोकीएको कुरा हरु सबै मीलन गये पछी समझौता भएको छ।
चीन यस भन्दा पहीले पाकिस्तान मा अरब सागर को ग्वादर मा गहीरो पानी को समुद्री बंदरगाह बनाउदैछ। श्रीलंका मा, हिंद महासागर मा चीन को हंबनटोटा बंदरगाह रहेको छ। ऐस्तो भनीदैछ कि चीन भारत लाई घेर्न का लागी रणनीति का अनुरुप छीमेकी देश हरुमा रणनीतिक रुपमा महत्वोपुर्ण ठाउ हरुमा बंदरगाह बनाउदैछ। अर्को तीर चीन ले सधै उक्त आरोप हरु लाई झुठो रहेको भन्दै अाईरहेको छ।
ग्लोबल टाइम्स ले भनेको छ कि चीन को सरकारी कंपनी सिटिक ग्रुप को अगुवाई मा कंपनि हरुको एउटा समूह ले म्यांमार को राजधानी ने-प्सी-ताव मा क्याउक्प्यू विशेष आर्थिक क्षेत्र प्रबंधन समिति का साथ करार को रूपरेखा मा हस्ताक्षर गरेको छ।करार को अनुशार चीन ७० प्रतिशत लगानी गर्नेछ जबकि म्यांमार ले बाकी ३० प्रतिशत को लगानी गर्नेछ। बंदरगाह को निर्माण र परिचालन का लागी संयुक्त उपक्रम बनाईनेछ।