दुई समुहबीच कुटाकुट हुँदा ८ घाइते, २ को अवस्था गम्भिर

समाचार
शेयर गर्नु होला

रामेछाप

मन्थली नगरपालिका वडा नं ७ भटौलीमा गएराति दुई समुहबीच झडप हुँदा ८ जना घाइते भएका छन् । झडपमा परि घाइते हुनेहरुमा सन्तोष माझी, सोममाया माझी, पूर्णवहादुर माझी, समिर माझी, चन्द्रमाया माझी, मिलन माझी, सन्तोष माझी र खेमवहादुर माझी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

घाइतेहरु सबैजनाको उपचारको लागि काठमाडौं पठाइेको छ । घटना परि घाइते मध्ये पूर्णवहादुर माझी, सोममाया माझीको अवस्था चिन्ताजनक रहेको छ । उनिहरु दुवैको हाल काठमाडौं स्थित नर्भिक अस्पतालमा आसियुमा उपचार भैरहेको र उपचारको लागि खर्च जुटाउन समस्या भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक राजेन्द्रकुमार थापाले जानकारी दिए ।

उनले भने घाइते दुवैको टाउँकोमा गम्भीर चोट लागेको छ । उनीहरुको उपचारको लागि तत्काल ५ लाख रुपैयाँ जम्मा गर्नुपर्ने भएकाले पैसा जम्मा गर्ने काममा आफु लागि परेको बताए । घटनापछि फरार रहेका सोही गाउँका बलबहादुर माझी, चित्रे माझी, दिलीप माझी, भक्तवहादुर माझी, वमवहादुर माझी, जय माझी, सोमवहादुर माझी र विष्णु माझीलाई प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको छ ।

उनिहरु मध्ये ४ जनालाई सिन्धुली जिल्लाको खाल्टेमा पक्राउ गरेको हो भने अन्य ४ जनालाई आफ्नै गाउँमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरि हाल जिल्ला प्रहरी कार्यालय रामेछापको हिरासतमा राखेर थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *