सुदूरपश्चिम प्रदेश : सामाजिक विकास मन्त्रीबाट बर्खास्त सोडारी साधारण सदस्य नरहने गरी नेकपाबाट निस्कासित

समाचार
शेयर गर्नु होला

काठमाडौं 

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीबाट पदमुक्त गरिएका दीर्घराज सोडारीलाई नेपाल कम्युनिष्ट पार्टीले समेत कारबाही गरेको छ। नेकपाको आज बसेको प्रदेश कमिटी बैठकले सोडारीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निस्कासित गरेको हो।

नेकपाका सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्णबहादुर थापाले सोडारी पार्टीको मर्म बिपरित चलेकाे र साधनस्राेतकाे दुरूपयाेग गरकाले कारवाही गरिएको जानकारी दिए। सोडारीको कार्यशैली सन्तोषजनक नभएको भन्दै उनलाई साधारण सदस्य समेत नरहने गरी कारवाही गरिएको नेकपाले जनाएको छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *