“चेरिसा बज्रचार्य” को यात्रा नेपाली संगित क्षेत्र मा
हामी सबै ले नेपाली उखान त सुन्दै अाईरहेका छौ कि “हुने बिरुवा को चिल्लो पात”। यही कुरा आज को हाम्रो संगीत क्षेत्रमा उदाउन लागेको त्यो प्रतिभा लाई लागु हुन्छ जस्ले भर्खर मात्र आफ्नो संगीत को यात्रा सुरु गर्दैछिन तर सुरुवात मा नै उन्ले यती धेरै चर्चा बटुलेकी छिन अहिले उनि सर्बत्र छाएकी देखिन्छिन। हो आज हामी नेपाली संगीत क्षेत्र की ती प्रतिभा जस्को जन्म नेपाल को यस्तो कलाकार को घर मा भयो जस्लाई सायद नचिन्ने नेपाल मा कोई नै होलान। यस्तो सानो र कलिलो उमेर मा नै यती धेरै चर्चा बटुल्ने नया प्रतीभा को नाम हो “चेरिसा बज्रचार्य”। सायद उन्को नाम पढेर तपाई ले अली अनुमान पनी लगाउनु भयो होला। तपाई को कौतुहल्ता लाई धेरै बेर नराखी हामी आज कुर गर्दैछौ हाम्रा नेपाली संगीत क्षेत्र का सुपरस्टार दिपक बज्रचार्य की छोरी चेरिसा बज्रचार्य को।
चेरिसा ले आफ्नो स्नातहक को पढाई सकी सके पछी हाल उनि पुर्ण रुप मा संगीत क्षेत्रमा आब्ब्द छिन। हालै मात्र उन्ले आफ्नै बुवा को धेरै प्रचलीत गीत “झुमी झुमी ” लाई आफ्नै स्वर मा गाएर सबै लाई चकित पारेकी छिन। हाल नेपाल मा धेरै प्रचलित कार्यक्रम टुबोर्ग ओपन सेसन मा उन्ले दिपक बज्रचार्य को गीत लाई गाएकी छिन। अर्को रोचक कुरा के भने उक्त गीत गाउदा उन्ले आफ्ना बुवा सङ स्टेज सेयर गरेकी थीईन।
यती मात्र हैन हाल उनी आफ्ना बुव सङै बिभिन्न लाईभ कार्यक्रम हरु मा गाउदैछिन तर महत्वोपुर्ण कुरा के छ भने उनी आफु संगीत क्षेत्र मा जम्न का लागी आफ्ना बुवा यानी सुपरस्टार दिपक बज्रचार्य को नाम प्रयोग गर्न चाहदिनन। समग्र मा भन्दा चेरिसा मा धेरै नै ठुलो आत्म बिस्वास भरीएको देखिन्छ र उन्को आवाज पनि धेरै मधुर रहेको छ, र आशा गर्दछौ कि उन्को संगीत क्षेत्र को यात्रा निकै नै सफल हुनेछ र आगामी दिन हरुमा नेपाल ले एेउटा सफल र राम्रो कलाकार पाउनेछ। सुभकामना।
“चेरिसा बज्रचार्य” को पहीलो भीडिओ