राजधानी
सायद तपाई सबै ले केही बर्ष अगाडी सम्पुर्ण विश्व लाई नचाउदै एक जना चर्चित कोरियाली गायक को गीत भाईरल भएको थियो। हो हामी कुरा गर्दैछौ ‘गङनम स्टाइल’का गायक पीएसवाई (पार्क जेई साङ) जस्को गीत ‘गङनम स्टाइल’ ले सम्पुर्ण बिश्व लाई नाचन बाध्य बनायो अब उनी नेपाल आउने भएका छन् र उन्को भब्य कन्सर्ट हुन गयी रहेको छ। नेपाल र कोरियाको कूटनीतिक सम्बन्ध स्थापित भएको ४५ बर्ष पुगेको अवसरमा कोरियाली राजदुतावासले आयोजना गर्न लागेको कार्यक्रममा सहभागी हुन उनी नेपाल आउन लागेका हुन् ।
पीएसवाई दक्षिण कोरियन गायक, र्यपर, रचनाकार हुन् । कोरियामा उनी हाँस्य स्टेज प्रस्तुती र भिडियोबाट चर्चित छन् भने अन्तर्राष्ट्रीय रुपमा गङनम स्टाइल गीत तथा भिडियोले उनलाई चर्चित बनाएको छ । १५ जुलाई २०१२मा सार्वजनिक भएको उक्त गीतको भिडियो २१ डिसेम्बर २०१२ मा आएर यूट्युबको इतिहासमै पहिलोपटक एक अर्ब भ्युज बनाउन सफल भएको थियो । हाल उक्त भिडियोको भ्युज तीन अर्ब भन्दा बढी पुगिसकेको छ ।
‘पीएसवाई विथ के–पप लाइभ इन नेपाल’ नाम दिइएको उक्त कन्सर्ट डिसेम्बर १५ तारिक खुमलटार, सातदोबाटो स्थित रेडियो नेपालको ग्राउण्डमा हुनेछ । ५ घण्टासम्म चल्ने उक्त कन्सर्टमा नेपालको तर्फ बाट गायक दीपक बज्राचार्यले आफ्नो प्रस्तुती राख्नेछन् । उक्त कन्सर्टमा बज्राचार्यले नेपाली भेषभुषा र नेपाली मौलिक बाजाहरुलाई समेटेर आफ्नो ब्याण्ड सहितको प्रस्तुती दिनेछन् । कन्सर्टमा पीएसवाई र दीपकसँगै कोरियाका अन्य विभिन्न चर्चित ब्याण्डले पनि आफ्नो प्रस्तुती दिनेछन् ।