ओलम्पिक छनौटको दोस्रो चरणमा प्रवेश गरेको नेपाली राष्ट्रिय महिला फुटबल टोली स्वेदश फिर्ता

खेलकुद फोटो फिचर समाचार
शेयर गर्नु होला

राजधानी

 

केही दिन अघी मात्र नेपाली राष्ट्रिय महिला फुटबल टोली ले ठुलो तहलका मचाएको थियो जहा एक पछी अर्को सफल्ता हाथ पार्दै नेपाली राष्ट्रिय महिला फुटबल टोली सन् २०२० ओलम्पिक छनोटको दोस्रो चरणमा प्रवेश गरेको थियो र सोही नेपाली राष्ट्रिय महिला फुटबल टोली बिहीबार स्वेदश फर्केको छ । टिम पहिलोपल्ट ओलम्पिक छनौटको दोस्रो चरणमा प्रवेश गरेको हो। टिमलाई बिहीबार दिउँसो त्रिभुवन विमानस्थलमा स्वागत गरिएको छ।

 

म्यान्मारको यांगुनस्थित थुवुन्ना रंगशालामा गत मंगलबार बंगलादेशविरुद्धको खेलमा १–१ को नतिजा निकालेर पनि नेपालले समूहमा तेस्रो भएर दोस्रो चरणको यात्रा पक्का गरेको हो

एसियाली फुटबल महासंघ (एएफसी) ले छनोटका चार समूहका विजेता, उपविजेता तथा तेस्रोमा रहने चार टिममध्येका उत्कृष्ट दुईले दोस्रो चरणमा प्रवेश पाउने गरी घोषणा गरिएको नयाँ नियमअनुसार नेपालले प्रारम्भिक चरण पार गरेको हो।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *