नेपालगन्ज अपडेट
नेपालगन्जको पुष्पलाल चोकमा राखिएको शंकास्पद बस्तु बम भएको पुष्टि भएको छ । बम नेपाली सेनाको बम डिस्पोजल टोलीले धम्बोझीमा रहेको वाटरपार्कमा लागेर निष्कृय पारेको छ । प्लास्टिक झोलामा सकेटजस्तो रहेको शंकास्पद बस्तु बम भएको बाँके प्रहरी प्रमुख एसपी अरुण पौडेलले बताए । बम राखिएको स्थाननजिकै ‘कमाण्डर समूह’को पर्चा भेटिएको छ । उक्त पर्चामा शक्तिशाली बम भएको तीन सय मिटर टाढासम्म क्षति पुर्याउने चेतावनी दिइएको थियो एसपी पौडेलले बम राख्नेको पहिचान गर्ने काम भइरहेको बताएका छन् ।
नेपालगन्जको पुष्पलाल चोकमा बम राखिएको शंकापछि तनाव छ । प्लास्टिक झोलामा शंकास्पद बस्तु बेरेर चोकमा राखिएको छ । स्थानीयले बम भएको शंका गर्दै प्रहरीलाई खबर गरे । घटनास्थलमा प्रहरी पुगेको छ ।
तालिम प्राप्त कुकुर प्रयोग गरी बम भएनभएको यकिन गर्ने प्रयास भइरहेको छ। झोला नजिकै कमाण्डर समूहको पर्चा भेटिएको प्रहरीले जनाएको छ। उक्त पर्चामा तीन सय मिटर टाढा रहन चेतावनी दिइएको छ। बाँके प्रहरी प्रमुख एसपी अरुण पौडेलले नेपाली सेनाको बम डिस्पोजल टोलीलाई आग्रह गरेको बताए। बम राखिएको स्थानलाई प्रहरीले घेराबन्दी गरेको छ। सर्वसाधारण र सवारी साधनहरुलाई त्यस तर्फ जान रोक लगाएको छ।