सन्दीपले दोस्रो सिजन अाईपीएल खेल्ने पक्‍का , दिल्ली डेयरडेभिल्सले ‘रिटेन’ गर्यो

खेलकुद
शेयर गर्नु होला

काठमाडौं 

नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले सन् २०१९ को सिजन पनि विश्वकै चर्चित र महँगो फ्रेन्चाइज क्रिकेट लिग इन्डियन प्रिमियर लिग (अाईपिएल) खेल्ने भएका छन्। उनलाई सिजनाघि नै पूर्वक्लब दिल्ली डेयरडेभिल्सले ‘रिटेन’ (सुरक्षित) गरेको हो।अाईपिएल मा खेलाडी अक्सनाघि आफूसँग भएका खेलाडी सुरक्षित गर्ने र छाड्ने अधिकार हुन्छ। त्यही अधिकार प्रयोग गर्दै दिल्लीले सन् २०१९ का लागि १४ खेलाडी सुरक्षित गर्दा सन्दीप पनि परेका हुन्।

रिटेनसम्बन्धी जानकारी सन्दीपलाई बिहीबार बिहानै गराएको थियो। उनलाई दिल्लीले सुरक्षित गरेको मूल्य भने खुलाएको छैन। ‘दिल्लीले सन्दीपलाई सुरक्षित गरेको जानकारी गराएको हो’, सन्दीपका व्यवस्थापक रमण सिवाकोटीले भने।

सन्दीप अाईपिएलको लगातार दुई सिजन खेल्ने पहिलो नेपाली खेलाडी बन्नेछन्। उनलाई गत सिजन दिल्लीले २० लाख भारुमा खरिद गरेको थियो। अैइपीएल खेलेयता सन्दीप विदेशी लिग खेल्न व्यस्त छन्।

दिल्लीले सन्दीपसँगै नयाँ सिजनका लागि श्रेयस ऐयर, पृथ्वी शाह, ऋषभ पन्त, मन्जोत कार्ला, कोलिन मुन्रो, क्रिस मोरिस, जयन्त यादव, राहुल तेवाटिया, हर्सल पटेल, अंित मि श्रा, काजिसो रबाडा, टे«न्ट बोल्ट र अभेश खानलाई पनि सुरक्षित गरेको छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *