१८ वर्षभन्दा कम उमेरमै गर्भपतन सेवा लिने किशोरीको संख्या उल्लेख्य

समाचार
शेयर गर्नु होला

काठमाण्डौ

मुलुकी संहिताले २० वर्षभन्दा कम उमेरमा बिहे गर्न बन्देज लगाएको छ । १८ वर्षभन्दा कम उमेरमा त सहमतिमा पनि यौनसम्पर्क गर्न नपाइने कानुनी व्यवस्था छ । तर, १८ वर्षभन्दा कम उमेरमै गर्भपतन सेवा लिने किशोरीको संख्या उल्लेख्य भएको पाइेको छ ।जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्यांकानुसार तीन वर्षमा पाँच हजार सात सय ४७ जनाले गर्भपतन गराएका छन् । तीमध्ये २० वर्षभन्दा कम उमेरमै गर्भपतन गराउने २० प्रतिशत छन् ।

गर्भपतनसम्बन्धी अध्ययन गर्ने संस्था अाइपासका अनुसार यस अवधिमा तीन सय ४० जना १८ वर्षभन्दा कम उमेरका किशोरीले गर्भपतन गराएका छन् । अाइपासका जिल्ला संयोजक केदार भण्डारीका अनुसार कम उमेरका किशोरीलाई गर्भपतन गर्न कानुनले रोक लगाएको छैन ।

‘१८ वर्षभन्दा १४ वर्षका किशोरीले पनि गर्भपतन सेवा लिएका छन्,’ भण्डारीले भने, ‘सुरक्षित मातृत्व तथा प्रजनन अधिकारमा कम उमेरमा गर्भपत गर्न नपाउने भन्ने छैन ।’ १८ वर्षभन्दा कम उमेरकाको गर्भपतन गराउँदा सेवाप्रदायकले नजिकको नातेदारको मञ्जुरी लिनुपर्छ ।

मञ्जुरी दिने नातेदार नभए स्वास्थ्यकर्मीले सेवा लिन अाउनको सर्वोत्तम हितलाई ध्यान दिएर सेवा दिन सक्ने व्यवस्था छ । कम उमेरमा नै गर्भपतन गराउनेले नातेदार लिएर जाँदैनन् । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक माधव श्रेष्ठले १८ वर्षभन्दा कम उमेरको यौनसम्पर्क अपराध ठहर्ने बताए । तर, कानुनबमोजिमको कारबाही गर्नका लागि भने प्रहरीमा उजुरी गर्नुपर्छ । वरिष्ठ अधिवक्ता जसबहादुर लुङ्गेलीले पनि १८ वर्षभन्दा कम उमेरमा भएको यौनसम्पर्क अपराध ठहर्ने बताए ।

‘१८ वर्षभन्दा मुनिकालाई नाबालक ठानेको छ, नाबालकको सहमतिलाई कानुनले सहमति मान्दैन,’ उनले भने, ‘त्यसैले नाबालकसँग यौनसम्पर्क राख्नु अपराध हो ।’ जिल्ला जनस्वास्थ्य प्रमुख सागर प्रसाईंले १८ वर्षभन्दा कम उमेरको यौनसम्पर्क अपराध ठहरे पनि गर्भपतन गर्न अौने किशोरीको स्वास्थ्यलाई महत्व दिने गरेको बताए ।

आफूहरूले अपराध हो वा होइन भन्दा पनि कम उमेरमा आमा बन्दाको जोखिमलाई ध्यान दिने उनको भनाइ छ । इलाममा गाउँ–गाउँमा गर्भपतन सेवा विस्तार भएपछि सेवा लिनको संख्या भने तीव्र रूपमा वृद्धि भैरहेको छ । आर्थिक वर्ष ०७१७२ मा चार सय ४५ जनाले सेवा लिएका थिए । आर्थिक वर्ष ०७४७५ मा दुई हजार ६८ ले यो सेवा लिएको तथ्यांक छ । जिल्लाका १८ सरकारी स्वास्थ्य संस्थामा गर्भपतन सेवा छ ।नयापत्रिका


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *