निर्मला हत्या प्रकरण : शंकास्पद भनिएका थप ४ जनाको डीएनए रिपोर्ट पनि ‘नेगेटिभ’

समाचार
शेयर गर्नु होला

काठमाडौं 

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा शंकास्पद मानिएका ४ जनाको डीएनए रिपोर्ट पनि ‘नेगेटिभ’ आएको छ । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले शंकास्पद ४ जनाको डीएनए परीक्षणका लागि केन्द्रीय विधि विज्ञान प्रयोगशाला पठाएको थियो । जुन निर्मलाको ‘भजाइनल स्वाव’सँग मेल नखाएको हो ।प्रहरीले अघिल्लो साता चार जना युवकको नमुना संकलन गरेर डिएनए परीक्षणका लागि केन्द्रीय विधी विज्ञान प्रयोगशालामा पठाएको थियो ।

चारै जनाको डिएनए रिर्पोट शुक्रबार जिल्ला कञ्चनपुर कार्यालय प्रहरीले खोलेको सार्वजनिक गरेको छ । ‘कसैको पनि डिएनए मिलेन’ कञ्चनपुरका प्रहरी प्रवक्ता कृष्णराज ओझाले भने, ‘अब थप तीन जनाको डिएनए पठाउने तयारी छ ।’ संकास्पद तीन जनाको डिएनए परीक्षण गरिने, त्यो पनि नमिले गाउँभरीका अन्य सयौँको डिएनए परीक्षणको कञ्चनपुर प्रहरीले तयारी गरेको छ ।

प्रहरीले ४ भदौमा जबरजस्त दोषी करार गराउन खोजिएका भीमदत्त नगर–१९ बागफाँटाका ४१ बर्षिय दिलिप सिंह विष्ट र यस अघि हल्ला र आरोपका भरमा तत्तकालिन कञ्चनपुर प्रहरी प्रमुख दिल्लीराज विष्ट, महेन्द्रनगरका दुई युवक किरण र आयुसको पनि डिएनए मिलेको थिएन ।

प्रहरी स्रोतका अनुसार चार जना मध्ये दुई जना निर्मलाकै आफन्त र अन्य दुईको दोस्रो पटक डिएनए पठाएको थियो । तर प्रहरीले अहिलेपनि उनीहरु को हुन् ? भन्ने बारेमा नाम सार्वजनिक गरेको छैन ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *