“प्रधानमन्त्रीले काम भन्दा बढी कुरा गर्नुभयो। उहाँ आफूमा शक्ति केन्द्रित गर्न उद्धत हुनुहुन्छ, उहाँमा जंगबहादुर बन्ने आकांक्षा तिव्र रुपमा विकसित भएको देखिन्छ” – अर्जुननरसिंह केसी

फोटो फिचर समाचार
शेयर गर्नु होला

राजधानी

 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले प्रधानमन्त्री केपी शर्मा ओलीमा जंगबहादुर प्रवृत्ति देखिएको आरोप लगाएका छन्। शुक्रबार रिपोर्टस क्लबमा आयोजित साक्षात्कारमा बोल्दै पूर्वमन्त्रीसमेत रहेका केसीले यस्तो आरोप लगाएका हुन्। ‘प्रधानमन्त्रीले काम भन्दा बढी कुरा गर्नुभयो। उहाँ आफूमा शक्ति केन्द्रित गर्न उद्धत हुनुहुन्छ’, केसीले भने, ‘उहाँमा जंगबहादुर बन्ने आकांक्षा तिव्र रुपमा विकसित भएको देखिन्छ। ’

 

 

९ महिने कार्यकालमै सरकार असफलतातर्फ उन्मुख भएको उनको भनाइ छ। ‘९ महिनामा सरकार असफलतातर्फ उन्मुख छ’, केसीले भने, ‘चुनावमा गलत आश्वासन दियो तर अहिले काम गर्न सकेको छैन। सरकार शक्ति केन्द्रित गर्ने प्रवृत्तितर्फ अभिप्रेरित छ।’

ओलीले २५ अर्बभन्दा माथिका परियोजना आफू मातहात केन्द्रित गरेकोमा केसीले आपत्ति जनाए। ‘९ महिनामा सरकारले के राम्रो काम गर्यो ? वृद्धभत्ताको कुरा उठाउँदा–उठाउँदै म त थाकिसकेँ’, केसीले भने। भष्टाचार, सुन तस्करी, वाइडबढी विवादमा सरकार मौन बस्नुको कारण खोज्नुपर्ने उनको भनाइ छ। पञ्चायतमा जस्तो अहिले नागरिकलाई सूचनाको हकबाट बञ्चित गर्ने काम ओली सरकारले गरेको उनको आरोप छ। उनले मन्त्रिपरिषद् बैठक निर्णय लुकाएर गलत गरेको बताए।अन्नपुर्ण पोस्ट मा लेखीएको छ


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *