काठमाडौँ
कुकुर तिहारका दिन प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरमा कुकुरको टाउको जोडेर फेसबुकमा सेयर गरेको आरोपमा पक्राउ परेका कांग्रेसनिकट नेविसंघका एक कार्यकर्ता साधारण तारेखमा रिहा भएका छन् ।काभ्रेको तपेश्वर माविस्थित नेविसंघ इकाइका अध्यक्ष कृष्ण ढकाललाई पक्राउ गरी महानगरीय प्रहरी अपराध महाशाखामार्फत् साइबर अपराधमा मुद्दा चलाइेको थियो । काठमाडौँ जिल्ला अदालतले ढकाललाई शुक्रवार साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।
साधारण तारेखमा रिहा भएका ढकाललारि स्वागत गर्न नेविसंघ अध्यक्ष नैनसिंह महरसहितका नेता-कार्यकर्ता बबरमहलस्थित काठमाडौँ जिल्ला अदालत परिसर पुगेका थिए । ढकाल पक्राउ विरोधमा कांग्रेसनिकट नेविसंघले देशभर आन्दोलन गरेको थियो ।
त्यसक्रममा उनीहरुले प्रम ओलीको पुत्ला पनि जलाएका थिए । पुत्ला दहनका क्रममा भएको झडपमा उदयपुरको गाईघाटमा सशस्त्र प्रहरी र नेविसंघका कार्यकर्ता घाइते समेत भएका थिए । अन्नपुर्ण पोस्ट