नेकपा सांसदहरुको आरोप : सरकारकाे काम जनापेक्षाअनुसार् भएन

समाचार
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाण्डौ

प्रतिनिधिसभाका सांसदले पुँजीगत खर्च सन्तोषजनक नरहेको भन्दै सत्तारूढ दलकै नेता सरकारको आलोचनामा उत्रिएका छन् । सोमबार बसेकाे अर्थ समितिकाे बैठकमा पुँजीगत खर्च सम्बन्धि छलफलमा भाग लिएका अधिकांश सांसद्ले जनापेक्षाअनुसार काम हुन नसकेको भन्दै सरकार कटु आलोचना उत्रेका हुन् । बैठकमा समिति सदस्य तथा सत्तारूढ दलका सांसद् सुरेन्द्र पाण्डेले पुँजीगत खर्च गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

उनले नयाँ आर्थिक वर्ष सुरु भएको ४ महिना बित्दा पनि आयोजना डिजाइनका कामसमेत सुरु गर्न नसकेको भन्दै कहिले पुँजीगत खर्च गर्न सुरु गर्ने ? भनि सरकारलाई प्रश्न गरे । समितिका अर्का सदस्य तथा नेकपा महासचिव विष्णु पौडेलले औचित्य पुष्टि नभै गैर बजेट बिनियोजन नगर्न सरकारलाई सचेत गराए ।

समितिको बैठकमा अर्थ सचिव राजन खनालले गैर बजेटको दवाव नदिन अन्य मन्त्रालयलाई आग्रह गरे । उनले अतिआवश्यक परे मन्त्रालयले आफ्नै स्रोत परिचालन गरेर पनि बजेट खर्च गर्न सकिने व्यवस्था गरिएको पनि स्मरण गराए ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलगायतका विभिन्न मन्त्रालयका पदाधिकारीले पुँजीगत खर्चको अवस्थाबारे समितिलाई जानकारी गराएका थिए ।


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *