नेत्रविक्रम चन्द विप्लवको राजधानिमा शक्ति प्रदर्शन फोटो फिचरमा

राजनीति
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं 

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले राजधानीमा जनप्रदर्शन गरेको छ । पार्टी पुनर्गठन दिवसको अवसर पारेर नेकपाले जनसभा आयोजना गरेको हो । भृकुटीमण्डममा हुने कार्यक्रममा पार्टीका महासचिव विप्लव भने सहभागी हुने छैनन् ।

नेकपामा अनुसार, विभिन्न राजनीतिक दलका नेताहरुलाई पनि जनसभामा निमन्त्रणा गरिएको छ । नेकपा मालेका महासचिव सीपी मैनाली, नेकपा माओवादी केन्द्रका गोपाल किराती र नेकपा अध्यक्ष ऋषि कट्टेललगायतलाई नेकपाले निम्तो दिएको हो । माले महासचिव मैनालीले नेकपाद्वारा आयोजित सभाका लागि निम्तो आएकाले सहभागी हुन लागेको जानकारी दिए ।

सभाका लागि प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसको गेट अगाडी मञ्च बनाइेको छ। सडक सभास्थल बनेपछि उक्त सडक बन्द भएको छ। राजधानीका बबरमहल, लैनचौर, सुन्धारालगायतका स्थानबाट निस्केका जुलुससभातर्फ अैरहेका छन्। सभा १ बजेदेखि सुरु हुने बताइेको छ।

अहिलेको राजनीतिक व्यवस्थाप्रति नै अहमति जनाउँदै आएको विप्लव नेतृत्वको पार्टीले यस सभालाई आफ्नो शक्ति प्रदर्शनका रुपमा लिएको छ। पार्टीका महासचिव विप्लव स्वयं भने सभामा उपस्थित नहुने भएका छन् । पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलारि मुख्य बक्ता तोकएिको छ ।

पार्टी एकीकरणप्रति अहमति जनाइ माओवादीको पुनर्गठन गर्ने भन्दै अलग्गिका पूर्व माओवादी नेता गोपाल किराँतीले पनि सभालाई संबोधन गर्ने आयोजकले जानकारी दिएका छन् ।


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *