डोल्पा
डोल्पा,जसलाई डोल्पो पनी भनेर चिनिन्छ, पस्चिम नेपाल को हिमाली भाग मा अवस्थित सबै भन्दा बढी सुन्दर, रमणिय र बर्षौ देखि आफ्नो अलग बिषेस्ता बोक्दै आएको, समुन्द्र को सतह देखि ४०७० मिटर माथी रहेको भेग, पस्चिम नेपाल को मात्र नभई सम्पुर्ण नेपाल को गौरब को रुप मा प्रख्यात छ। भौगोलिक बिकटता र देश का सम्पुर्ण शहर हरु भन्द टाढा रहेको र बाटो घाटो को असुबिधा ले गर्दा उक्त क्षेत्र स न १९८९ भन्दा अघाढी त्येति प्रचलित थिएन तर पिटर म्याथीसेन्स ले लेखेको पुस्तर “द स्नो लेपर्ड” र फ्रेन्च चलचित्र निर्माता एरिक भ्याली ले निर्माण गरेको बहुप्रतिस्तित चलचित्र “क्याराभान” पछी डोल्पो नेपाल लगायत बिश्व सामु यसरी चिनियो की राता रात बिश्व भरि उक्त ठाउ को चर्चा हुन थाल्यो।
डोल्पो एेउटा हिमाली भेग हो जस्को दक्षिण पुर्ब मा धौलागिरी रेन्ज पर्दछ, पस्चिम मा सिस्ने र कान्जिरोबा पर्बत पर्दछ भने उत्तर मा तिब्बत पर्दछ। उक्त क्षेत्र यती धेरै रमणिय रहेको छ की जो पनी त्याहा घुमना का लागी जादछ उस्ले डोल्पो को बर्णण गरेर थाक्दैन र नेपालको जस्तो सुन्दरता विश्वमा कहीँ पनि देख्न नपाएको बताउदछन।
हुन त डोल्पो या डोल्पा पुर्ण रुप मा रमणिय रहेको छ तर बिशेष गरेर फोक्सुण्डो तालको रमणीय दृष्यले सबै लाई मोहित बनाउदछ। विश्वमा चर्चित ताल शे फोक्सुन्डो, बालात्रिपुरासुन्दरी भगवती मन्दिर, जगदुला ताल, विश्वकै उच्च मानवबस्ती धो ताक्सी उपत्यका शे फोक्सुन्डो राष्ट्रिय निकुन्ज, बहुमूल्य जडीबुटी यार्सागुम्बा लगायतको दृष्टिकोणले पनि महत्वपूर्ण पर्यटकीयस्थल डोल्पालाई मानिन्छ ।
स न २०११ को जनगरणा अनुशार डोल्पा को जन्सन्ख्या लगभग ३६७०० रहेको छ। क्षेत्रफल को कुरा गर्दा, डोल्पा ७,८८९ किलो मीटर स्क्वाअेर मा फैलीएको छ। डोल्पा को पुर्ब मा धौलागिरी रेन्ज पर्दछ, पस्चिम मा सिस्ने र कान्जिरोबा पर्बत पर्दछ भने उत्तर मा तिब्बत पर्दछ। कर्णाली अन्चल को महत्वपुर्ण जिल्ला हरु मध्ये को एेउटा डोल्पा को सदरमुकाम दुनए हो र अर्को महत्वोपुर्ण कुरा के भने नेपाल को सबै भन्दा ठुलो जिला को रुपमा डोल्पा लाई मानिन्छ।
डोल्पा हिमाली भेग भएको हुनाले डोल्पा का जन्ता हरु को धेरै जसो कारोबार हरु उत्तर मा तिब्बत सङ हुने गर्दछ। डोल्पा मा मुख्य गरेर हिन्दु धर्म मान्ने समुदाय को जन्सन्ख्या बढी रहेको छ। त्येस्का साथै बौध्ध धर्म माने समुदाय को पनी बसोबाश रहेको छ। त्यसका साथै पुरानो धर्म को रुप मा रहेको बोन्पो मान्ने समुदाए पनी रहेका छन।
मौशम को कुरा गर्दा डोल्पा को मौसम धेरै नै चिसो रहेको छ, बर्ष को धेरै जसो समय याहा चिसो हुने र हिउ पर्ने गर्दह्छ तर पर्यटन का लागी भने उक्त ठाउको हावा पानी धेरै राम्रो मानिन्छ। बर्ष भरी पर्यटक हरु भ्रमण का लागी अाउन सक्दछन। गर्मी महिना मा याहा को तापक्रम अली राम्रो हुने गर्दछ भने जाडो याम मा -२० डिग्री सेल्सिएस सम्म झर्दछ।
धौलागिरि पर्बत को फेदी र वर पर रहेको डोल्पा एस्तो मनमोहरक ठाउ हो जस्को जति धेरै प्रशन्शा गरे पनी कम नै हुन्छ। डोल्पा को हरेक् ठाउ, क्षेत्र धेरै घुमने लायक छन तर केहि महत्वोपुर्ण ठाउ हरु को बारेमा भन्दा छर्का, मुकोट, ढो, फोक्सुन्डो, टिन्जे, साल्डाङ र भिजेर पर्दछन।
डोल्पो कसरी पुगने ?
राजधानी काठमान्डौ देखी यात हवाईजहाज या बस को माध्यम् बाट नेपालगन्ज सम्म जाने अनि नेपालगन्ज बाट हवाईजहाज मा डोल्पो को जुफाल विमानस्थल ओर्लेर पदयात्रा गरी डोल्पो पुगन सकिन्छ।
डोल्पो , जुन आफै मा एेउटा मा बिषिश्ट ठाउ पर्दछ, बर्षेनी हजारौ को सन्ख्या मा पर्यटक हरु घुम्न का लागी अाउने गर्दछन,तर डोल्पा प्राकृतिक सम्पदा र सामरिक महत्वले महत्वपूर्ण र प्रशस्त सम्भावना बोकेर पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ र हामि सबै नेपाली ले आफ्नो देश को पर्यटन क्षेत्र को बिकाश का निम्ति डोल्पो को बारेमा सम्पूर्ण बिश्वो लाई जानकारी दिन जरुरी छ।