नेपाली महिला क्रिकेट खेलाडी जसले रास्ट्रका लागी यती ठुलो योगदान पुर्याउदा पनी किन उनलाई अनागरिक जसो ब्यबहार ??

खेलकुद फोटो फिचर विचार/ब्लग समाचार
शेयर गर्नु होला

काठमान्डौ

बेला बेलामा हाम्रो देशमा नागरिकता र पहिचान लाई लिएर बिभिन्न बिबाद हरु हुदै आएका छन। बिभिन्न समय कालखन्डमा हामिले बिदेशी भुमिकाका मानिषहरुले गलत तरिकाले नेपाली नागरिकता पाएकोको कुरा पनी सधै सुनिदै आएको छ। तर हाम्रै देशमामा अझ पनी यस्ता नागरिक हरु छन जसले आफु देशको नागरिक हुदा हुदै पनी नागरिकता बाट बन्चित रहन पुगेका छन।

त्यसका बिभिन्न कारण हरु हुन सक्दछन तर एदी सबै प्रक्रिया पुगेको छ र यदि नेपालको कानुन र सम्बिधानका अनुशार उनीहरुले नागरिकता पाउने अधिकार छ भने उनीहरु लाई त्यस बाट बन्चित गरिनु ठुलो अन्याय हुनु को साथ साथै एउटा नेपाली माथि गरिएको अत्याचार पनी मानिनेछ।

यस्तै नागरिकताको समस्या हालै मात्र नेपाली रास्ट्रिय महिला क्रिकेट टोलीको खेलाडी अप्सरी बेगम संग भएको छ। हो हामी कुरा गर्दैछौ नेपाली रास्ट्रिय महिला क्रिकेट टोली की ब्याट्सवुमन अप्सरी बेगमको जसले आफ्नो खेलको कौषल र क्षमताले नेपाल लाई बिश्व महिला क्रिकेटको क्षेत्रमा अघाढी बढनमा ठुलो योगदान पुर्याउदै आईरहेकीछिन। तर उन्को योगदानको कुनै हिसाब रहेको छैन सम्स्या रहेको छ त उन्को अहिले १९ बर्ष सम्म पुग्दा पनी नेपाली नागरिकता बाट बन्चित हुनु।

अप्सरी बेगमको जन्म २०५६ असार २३ गते झापाको मेचीनगर नगरपालिका साबिकको वडा नम्बर १० हाल वडा नम्बर भएको थियो। उनको बुवाको नाम आफफ मियाँ हो भने उन्की आमाको नाम लैला बेगम हो। उनको परिवारमा उनका बुवा, आमा र दाजुले नेपालको नागरिकता वंशजकै आधारमा प्राप्त गरेका छन यहा सम्म की उन्का हजुरबुवा र हजुरआमा समेतले नेपाली नागरिक्त वंशजकै आधारमा प्राप्त गरेका थिए। दुर्भाग्यबश अप्सरीको पालामा एस्तो हुन सकेन।

केही बर्ष अघी उनी जब उनी १६ बर्ष की भइन र उनले आफ्नो नागरिकता बनाउनका लागी प्रयाश गर्दा उनलाई नागरिकता दिनबाट बन्चित गरियो जस्मा कारण यो भनिएको थियो की उन्का बुवा आमाले नेपाली जागरिक्ता वंशजकै आधारमा प्राप्त गरेकाले उनलाई नागरिकता दिन नमिल्ने कुरा गरिएको थियो। यो कुरा कती सम्म सत्य हो भन्ने कुरा कानुनबिदहरु लाई पक्कै पनी थाहाछहोला की एउटा सन्तानले आफ्नो आमा बुवाको नाम बाट नागरिक्ता पाउने कि नपाउने ?

बिडम्बना के छ भने अप्सरी बेगम एउटा देश्को प्रतिनिधित्व गर्ने खेलाडी हुन र पहिलो कुरा उनलाई नेपाली रास्ट्रिय टोलीमा सामिल हुन त केही समस्या भएन तर उनी अब नेपालको तर्फ बाट अन्तराष्ट्रिय क्रिकेट खेल्ने खेलाडी हुन जस्लाई बिदेश को यात्रा गर्दा पास्पोर्टको आबस्यक्ता हुनु स्वभाबिक छ तर बिडम्बना बिना नेपाली नागरिकता उन्को पासपोट बन्दैन जस्को कारण देशका यस्ता युवा खेलाडी जो संग खुबी र क्षमता हुदा हुदै पनी आफ्नो देशका लागी खेल खेलेर देशको नाम गर्न बाट बन्चित हुनु परेकोछ र अप्सरी बेगम संग पनी यस्तै भयो।

नागरिकता र पासपोर्ट नभएकै कारण उन्ले केही महिना अघाढी मात्र थाइल्यान्डमा भएको वुमन्स ट्वान्टी–२० क्रिकेट खेलमा सहभागिता जनाउन पाईनन। उक्त घटना पछी उन्को मनोबल यती सम्म खस्न पुग्यो की उन्ले क्रिकेट को त्याग सम्म गर्ने सोच बनाएकी थिइन।

हालै मात्र थाइल्यान्डमा भएको विश्वकप छनोट क्रिकेट प्रतियोगितामा अप्सरी बेगमले जसो तसो सिफारिसको आधारमा नेपाली महिला क्रिकेट टोली बाट खेल्ने मौका पाईन जहा उन्ले  सबै भन्दा बढी रन बनाउने नेपाली महिलाको रिकर्ड बनाईन। तर उक्त प्रतियोगिता खेल्न जानका लागी युवा तथा खेलकुद मन्त्रालयको सिफारिसका आधारमा राहदानी विभागबाट ट्राभल डकुमेन्ट पाइन् र उक्त ट्राभल डकुमेन्टले गर्दा मात्र उनी थाइल्यान्ड मा भएको विश्वकप छनोट क्रिकेट प्रतियोगितामा भाग लिन जान सफल भइन र उन्को कारणले गर्दा नै नेपाली महिला क्रिकेट टिम ले यस पटक ईतिहाश रचदै पहिलो चोटी नेपाली टिम फाईनल सम्म पुग्न सफल भयो तर दुर्भाग्य उन्ले पुर्याएको योगदान को कदर काहा छ र?

देशमा यस्ता योगदान दिने खेलाडीहरु लाई  यस्तो कुराले समस्या दिएको छ भने कसरि उनीहरुले आफ्नो तिर बाट उच्च प्रयास गर्न सक्दछन, कसरी उनी हरुले आफ्नो मनोबल लाई उच्च राख्ने? के एउटा अन्तराष्त्रिय स्थरमा आफ्नो देशको प्रतिनिधित्वो गर्ने खेलाडी संग यस्तो ब्याबाहर गरिनु पर्छ ? के अप्सरी बेगम नेपाली नागरिक हैनन? के अप्सरी बेगमले नेपाली नागरिक्त नपाउने? यो प्रशन सबै का लागी हो। सोचनु होला।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *