भरतमोहन अधिकारीको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि धुम्बाराहीमा

समाचार
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं 

नेकपाका नेता भरतमोहन अधिकारीको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय धुम्बाराहीमा राखिएको छ । अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गर्न बिभिन्न दलका नेता कार्यकर्ताहरुको घुइँचो लागेको छ ।

बिहान ९ बजेदेखि मध्याह्न १२ बजेसम्म पार्टी कार्यालयमा अन्तिम श्रद्धाञ्जलिका लागि राखिने र त्यसपछि आजै उनकाे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।

पूर्वपप्रधानमन्त्री समेत रहेका अधिकारीलाई दिने श्रद्धाञ्जलीको विषयमा मन्त्रिपरिषदले निर्णय गर्ने छ । त्यसका लागि बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक बोलाइेको छ । श्रद्धाञ्जली अर्पण गरेपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ ।


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *