सुपर ओभरको रोमाञ्चक खेलमा दिल्लीको जित, सन्दीपको उत्कृष्ट बलिङ

खेलकुद
शेयर गर्नु होला

काठमाडौं

सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपीएल) मा कोलकत्ता नाइट राइडर्समाथि रोमाञ्चक जित हात पारेको छ । शनिबार राति भएको खेलमा दिल्लीले कोलकत्तामाथि सुपर ओभरमा जित हात पारेको हो ।

कोलकत्ताले दिएको १८६ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १८५ रन नै बनाएपछि खेल सुपर ओभरमा मोडिएको थियो ।

सुपर ओभरमा गएको खेल दिल्लीले जितेको छ । पहिला ब्याटिंग गर्दै दिल्लीले एक विकेट गुमाएर १० र बनाएको थियो । कोलकाताका ७ रनमात्र बनाउन सक्यो । यसरी दिल्ली ३ रनले जित्न सफल भयो ।

दिल्लीका लागि सुपर ओभरमा कागिसो राबाडाले बलिंग गरेका थिए । राबाडाले ६ ओटै बल योर्कर गरेर एक विकेट पनि लिएका थिए । दिल्लीका लागि सुपरओभरमा ब्याटिंग गर्न ऋषभ पन्त र कप्तान श्रेयस अय्यर आएका थिए । सुपर ओभरमा अय्यरले एकमात्र चौका हान्न सकेको थियो । कोलकाताका लागि प्रसिद्धा कृष्णाले सुपरओभरमा बलिंग गरेका थिए ।

यसअघि टस जितेर दिल्लीले कोलकातालाई ब्याटिंगको निम्तो दिएपछि कोलकाताले पहिला ब्याटिंग गर्दै दिल्लीलाई १८६ रनको विशाल लक्ष्य दिएको थियो । कोलकत्ताको सुरुवाती इनिङ्स भने ध्वस्त भएको थियो । १६ रन हुदा पहिलो विकेटको रुपमा सन्दीपले निखिल नाइकलाई एल्बिडब्लु आउट गराएपछि कोलकत्ताको विकेट पतन सुरु भएको थियो ।

७.१ ओभरमा ६१ रन हुदा नै ५ विकेट गुमाएको कोलकत्ता निकै धराबमा परेको थियो । तर कप्तान दिनेश कार्थिक र आन्द्रे रुसेलले पारी सम्हालेका थिए । कप्तान दिनेशले ३६ बलमा ५० रन बनाए भने रुसेलले विष्फोटक ब्याटिङ गर्दै २८ बलमै ६२ रन जोडे ।

अघिल्ला दुई खेलमा बेन्चमै रहेका सन्दीपले कोलकत्ताविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरे । उनले दिल्लीका लागि सबैभन्दा राम्रो बलिङ गरे । चार ओभरमा २९ रन खर्चिएर एक विकेट लिएका सन्दीपले आफ्नै ओभरमा शुबमान गिललाई रनाऔट पनि गराए । त्यस्तै, दिल्लीका लागि हर्षल पटेलले दुई विकेट लिए ।

दिल्लीका लागि पृथ्वी शोले ९९ रन बनाएका थिए भने कप्तान अय्यर ले ४३ रन बनाएका थिए । दिल्लीलाई जितका लागि अन्तिम ओभरमा ६ रन चाहिएको थियो । तर कोलकाताका कुलदीप यादवले ५ रनमात्र दिएपछि खेल सुपर ओभरमा गएको थियो । दिल्लीको यो दोस्रो जित हो भने कोलकाताको पहिलो हार हो ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *