काठमाडौंँ
राजधानी काठमाडौँको सडक सफा गर्न खटिएका पाँचवटा बु्रमरले यतिबेला चुनौती खेपिरहेका छन् । विदेशका चिल्ला सडक सफा गर्ने बु्रमरलाई अव्यवस्थित सहरको धुलाम्य सडक सफा गर्न चुनौती खेप्नु परेको हो । सडकमा थुपारिने गेग्रान, गिटीबालुवा र फोहोर काठमाडौँ महानगरपालिकाको धुलो सफा गर्ने बु्रमरलाई निकै अप्ठेरो परेको छ ।
“बु्रमरले तान्नै नसक्ने गिटी, ईंटा, बालुवाले ब्रुमरलाई अप्ठेरो परेको छ,” महानगरपालिका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले बताउनुभयो । “अझ बजार क्षेत्रको सडकमा त आलो फोहोर त विस्कुन सुकाएजस्तो राति नै थुप्रिने रहेछ, कसरी निकाल्नु धुलो ?” श्रेष्ठले भन्नुभयो ।
गत मङ्गलबारदेखि बु्रमरले राजधानीको सडकमा धुलो उठाउन शुरु गरेको छ । दुई दिन उहाँ बु्रमरसँगै राजधानीका सडकका धुलो उठाउने कामको अवलोकन गर्न हिँड्दाको अनुभवले बिरक्तिनुभयो । मानिसहरूले जथाभावी फोहोर फालेर अंानवीय व्यवहार प्रदर्शन गरिरहेको उहाँले बताउनुभयो ।
जसकाकारण सडकलाई धुलोमुक्त बनाउने योजनामा बाधा आईपरेको उहाँको अनुभव छ । दरबारमार्ग, न्युरोड सडक, पुतली सडक लगायतको बजारी क्षेत्रमा जताततै राति सडकमा अत्यधिक फोहोर फालिएको पाइेको श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार मेलम्ची खानेपानी आयोजनाले खनेका सडकका खाल्डाखुल्डीमा थुपारिएका गिटी, बालुवा होस् वा घर निर्माणकर्ताले थुपारेका निर्माण सामग्रीले बु्रमरको कामका बाधासँगै यसको आयु घटाउने काम गरिरहेको छ ।
दिउँसो सर्वसाधारण सबैको पार्किङस्थल सडक बन्छ । जसका कारण दिउँसो बु्रमर डुल्नै पाउँदैन । राति स्थानीय घर र डेरावालका मोटरसाइकल र गाडी पार्किङ गर्ने स्थान समेत सडक नै बन्ने गरेकाले बु्रमरले अर्को समस्या खेप्नु परेको छ ।
“राति बोलाउँदा आउदैनन् एकछिन् हटाइदिए त सफा गर्न सकिन्थ्यो,” श्रेष्ठले थप्नुभयो, “त्यस्ता क्षेत्र छाडेर अगाडि बढ्दा कतै सफा कतै फोहोर भएका छन् ।” जतासुकै माटैमाटाको अत्यधिक धुलो भएकाले बु्रमर राति दुई पटकसम्म भरिने गरेको उहाँले जानकारी दिनुभयो ।
पाँचवटा ब्रुमरले यतिबेला ह्वारह्वार्ती धुलोको चाप सहनु परेको महानगरका प्रवक्ता ईश्वरमान डङ्गोलले बताउनुभयो । उहाँका अनुसार बु्रमरको सफाइको माग हरेक टोल र भित्री सडकमा पनि छ । मुख्य सडकको धुलो पहिलो प्राथमिकतामा छ ।
त्यसपछि सडक पेटी, आकाशेपुल अनि भित्री सडकको धुलो सफा गरिने छ । बु्रमरको सक्सनले तान्ने प्रविधि र पाइपबाट तान्ने प्रविधिका कारण यसको बहुउपयोगिता रहेको उहाँले बताउनुभयो।
इटालियन मोडलका बु्रमरले एक पटकमा छ टन धुलो उठाउने क्षमता राख्छ । अगाडि एउटा, छेउमा दुईवटा र बीच भागमा एउटा ब्रस भएको ब्रुमरमा ५ सय लिटरको पानी ट््याङ्की छ । जसले धुलो उठाएपछि सडक सफा गर्ने गर्छ ।
बु्रमरको अधिकतम सफाइ क्षमता २५ हजार स्क्वायर मिटर प्रतिघण्टा रहेको छ । ब्रसले न्युनतम २६ सय मिलिमिटर र अधिकतम ३६ सय मिलिमिटर चौडाइमा सफाइ गर्न सक्छ भने सफाइका क्रममा यसको अधिकतम गति १० किलोमिटर प्रतिघण्टासम्म रहेको जनाइेको छ ।
राति साढे आठ बजेदेखि बिहान ४ बजेसम्म सडकमा बु्रमर चल्ने गरेको छ । उठाइेका धुलोलाई टेकुस्थित फोहोर व्यवस्थापन स्थलको खाल्डा पुर्न प्रयोग गरिएको छ ।गोरखापत्र दैनिक